नेपाल वायु सेवा निगमले उपत्यका बाहिर जाने यात्रुहरूको सुविधालाई ध्यानमा राखी न्यारोबडी जहाजले काठमाडौँ- भैरवा आन्तरिक उडान गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने÷आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आवागमनमा कठिनाईलाइ मध्य नजर गर्दै आन्तरिक उडाउन गर्न निर्देशन दिएपछि यस्तो तयार भएको हो।
प्रवक्ता पौडेलेका अनुसार उक्त जहाजले फूलपातीका दिन बिहीबार विहान ११ बजे भैरहवा उडान गर्नेछ। सोही दिन १२:३० बजे भैरहवाबाट काठमाडौं उडान गर्ने निगमले जनाएको छ।