काठमाडौँ । जिल्ला अदालत काठमाण्डाैले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले मंगलबार प्रति मुद्दा ५० हजार रुपैयाँका दरले दुई वटा मुद्दाका लागि एक लाख रुपैयाँ धरौटी मागेको हो ।
प्रसाईंलाई प्रहरीको साइबर ब्युरोले गएको ६ गते पक्राउ गरेको थियो । प्रसाईंले युट्युब च्यानलमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध एक जना महिला र अर्का एक जना पुरुषले आफ्नो चरित्र हत्या गरेको भन्दै प्रसाईंविरुद्ध जाहेरी दिएका थिए ।
सरकारी वकिल कार्यालय काठमाण्डाैले प्रसाईंविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दा दायर गरेको थियो ।