आज :

नेपाल भाषाको  म्युजिक भिडियो  “  नाप च्वने मदुसां  ”   गीत  सार्वजनिक ( भिडियो सहित )

  • अनलाइन डबली

काठमाडौँ  । नेपाल भाषाको  म्युजिक भिडियो  “  नाप च्वने मदुसां  ”   गीत  सार्वजनिक भएको छ । हरिबहादुर रंजितको मौलिक सङ्गीतमा जुगल डंगोलको नयाँ सङ्गीत संयोजन तथा राजीव युगल श्रेष्ठको स्वरमा यो गीत तथा यसको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।  वरिष्ठ गायक जुजुकाजी रंजितको स्वरमा  ५० वर्ष अगाडि सार्बोजनिक भैसकेको छ ।

 

शनिबार समारोहबिच गरिएको कार्यक्रममा बागमती प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले नेपाल भाषा क्षेत्रमा लागि परेका सर्जकहरूका लागि आवश्यक बजेट विनियोजनको प्रयास भइरहेको बताउनुभयो । नीतिगत रूपमा पनि स्रष्टाहरूको सम्मान स्वरूप संरक्षणको बाटो पहिल्याउनुपर्ने बताउनुहुँदै सांसद बज्राचार्यले भाषा, गीत सङ्गीतको विकासका लागि आफू सदा तत्पर रहेको बताउनुभयो ।

यस गीतका मौलिक गायक जुजुकाजी रंजितले आफ्नो सिर्जना निकाल्न गाह्रो भइरहेको अवस्थामा नेपाल भाषाको गीत सङ्गीतको संरक्षण र संवर्द्धनका लागि सङ्घ संस्थाले सहयोग गर्न अग्रसर हुनु पर्ने बताउनुभयो ।

स गीतको प्रस्तोता समेत रहेका इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले अहिलेको युग श्रव्य दृश्यको भएको हुनाले अब छापाबाट मात्र भाषा संरक्षणमा टेवा नपुग्ने भएका कारणले म्युजिक भिडियो, सर्ट मूभिहरु निर्माण गरी सर्जककोहरू सम्मानमा लागि रहेको बताउनुभयो ।

यस म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन दर्शनवीर शाक्यले गरेको थियो भने यसको सम्पादन तथा छायाङ्कन मनोज रत्न शाहीले गरेका छन् भने किशोर चिपालु र रबिना तुलाधरले अभिनय गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला –

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal