काठमाडौँ । नागर्जुन नगरपालिका–६ इचुङ्ग नारायण मन्दिर नजिकै पहिरोले घर भत्किँदा पाँच जनाको मृत्यु भएको छ । यसैगरी, पहिरोमा परी उद्धार गरिएका दुई जना घाइते भएका छन् । घाइतेको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
शनिबार बिहान ८ बजे एक्कासि लेदो सहितको पहिरोमा परेका एक महिला र आइतबार चार पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
नेपाली सेना , नेपाल प्रहरीले शनिबार अबेर सम्म उद्दार तथा खोजि कार्य गरेका थिए , भने आज पनि स्क्याभेटरको प्रयोग गरि दिनभर पुनः निरन्तरता दिएको हो । मृतक पाँच जनाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।