आज : २०८२ बैशाख, २४

‘संवेदना हिन सरकार, बाबुको अन्त्यष्टीमा पनि जान दिएन पुष्करलाई’

  • २०७६ जेठ ३० गते   ११:५७ बजे

काठमाडौं । सधैजसो पशुपति आर्यघाटको चारैतिर रोदन र चित्कार फैलिरहेको हुन्छ, जीवनमा निकै नै प्रिय व्यक्ति गुमाएको पीडामा आफन्तजनहरु भक्कानिन्छन्, डाँको छोडेर रुन्छन् त्यहाँ पुगेका भावुक नहुने सायदै हन्छन् होला । उसो त मानिसहरु जीवनको अन्तिम सत्य मृत्युको अनुभुत गर्ने गर्छन त्यहाँ पुगेर ।
शुक्रबार विहान १० बजेको समयमा यस्तै सत्यको अनुभुति भयो मलाई पनि, हुन त यस अघि पनि आर्यघाटमा सयौं आफन्तजनहरुको दाहसंस्कारमा पुगेको छु ।

हरेक पलट भावुक भएको छु, आज पनि आर्यघाटमा यस्तै एउटा घटनासँग सात्क्षतकार भयो रेडियो मिर्मिरेका पूर्व–प्रवन्ध निर्देशक तथा अध्यक्ष घानस्याम श्रेष्ठ ‘पुष्कर’ जो मेरो आदरणिय तथा अग्रज व्यक्तित्व हुनुहुन्छ उहाँका बुबा गिरीबहादुर श्रेष्ठको अन्त्यष्टि स्थलको माहोल निकै भाबुकताले भरिएको थियो ।

पार्थिव शरीर राखिएको ठाउँनेरबाट एकजना ब्यक्ति भक्कनिदै थिए,“मानविय संवेदनासम्म पनि नभएको कस्तो यो सरकार ! अन्तिम पटक बाबुछोराले एक अर्काको अनुहार हेर्छु भन्दा पनि जेलबाट आउन दिएनन् । उनीहरुको के नै विगारेको थियो उसले ? मात्र आस्था राखेकै भरमा यत्रो सजाय ?” बुझ्दै जाँदा उनि पुष्करका जेठा दाजु मननारायण रहेछन् ।

ओखलढुङ्गा निवासी श्रेष्ठले सरकारप्रति आक्रोश व्यक्त गर्दै भने, “बुबाको चाहाना थियो वेपत्ता भएको माहिलो भाइ हेमनारायणको अवस्था सार्बजनिक तथा साइलो भाई पुष्करसँग प्राण जानु पूर्व एकपटक भेट्ने तर नालायकहरुले शासन गरेका रहेछन् यो देशमा, त्यो पनि कम्युनिष्ट रे हिजो यिनकै आदेश पालना गर्दा एकजना वेपत्ता भयो, आज अर्कोलाई खोई किन थुनेको हो ?”

पाँच छोरा र दुई छोरी रहेका दिवंगत श्रेष्ठका माहिलो छोरा हेमनारायणलाई जनयुद्धकाल अर्थात २०५९ सालमा भैरवनाथ गणबाट तत्कालिन शाही सरकारले वेपत्ता बनाएको थियो । साईला छोरा घनस्याम श्रेष्ठ ‘पुष्कर’ पनि विगतको उथलपुथकारी १० वर्षे जनयुद्धदेखि राजनीतिक आन्दोलनमा सहभागी छन् । अहिले उनी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा कोशि ब्युरो इन्चार्जकारुपमा रहेका छन् । २०७६ चैत १० गते मोरङको कानेपोखरीबाट प्रहरीले गिरफ्तार गरेको थियो । हाल उनलाई सुनसरी जिल्लाको रामधुनी नगरपालिकास्थित झुम्का कारागारमा राखिएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal