
पशुपतिनाथ भनेको हिन्दुहरुको मात्र पवित्रस्थल र बौद्ध महाचैत्य भनेको संसारका बुद्धिष्टहरुमात्र दर्शन पुजनको लागि जाने धर्मस्थल हो भन्ने जुन एकल एकान्की र एकलव्य सोच थियो ,बिक्रमको नयाँ बर्ष २०८२का दिन काठमाडौं महानगरपालिका वडा नं.७ को आयोजनामा आयोजित चियापान तथा पशुपतिनाथ बौद्ध ,चावहिल को बुकलेट विमोचनपछि यो तीन वटा वडा नभई एउटै सुवर्णपुरी सभ्यता केन्द्र रहेको तथ्यलाई उजागर हुने मौका पाएको थियो । छोर्टेन मासिकका सम्पादक वीरबहादुर वाईवाको पहल ,छोरङान महिला समाजको प्रकाशकत्व र कामपा वडा नं ६को आर्थिक सहयोगमा प्रकाशित बुकलेटको मुल लक्ष्यनै पशुपति बौद्ध चावहिल सर्वधर्म विश्व सम्पदास्थल हो भन्ने तथ्यलाई उजागर गर्नु । जुन तथ्यलाई सार्वजनिक गर्दै एक सय एक बर्षिय सतब्दी पुरुष डा.गौरीशंकरप्रसाद लाल दासले भन्नुभयो ,धार्मिक पहिचान आपसी सदभावको लागि हुनुपर्दछ भन्ने सन्देशलाई विमोचित बुकलेटले उठाएकोछ ।
हजार शिवलिङ्गले घेरिएको पाशुपत क्षेत्र-
हिन्दुस्थानका चार धाम काँशी,जगन्नाथ,केदार,रामेश्वरम र १२ ज्योतिर्लिङग र नेपालका ६४ ज्योतिर्लिङगको शिरधाम मानिन्छ ।
विश्व सम्पदा सूचीकृत २६४ ( ५५३४ रोपनी ) हेक्टरमा फैलिएको पशुपतिनाथ क्षेत्रभित्र ४९२ मठ–मन्दिर बिहार , चैत्य ,गुरुद्धारा लगायत विविध धार्मिक सम्पदा रहेको पुरातत्व विभागको दस्तावेजमा उल्लेख छ । ९ ग्रह संयोजित गोपाल तथा किरातकालीन बस्ती हो, ग्वल देवपटन अर्थात पशुपतीनाथ ,गुह्येश्वरी क्षेत्र ।
राजा वृषदेवकालीन सम्बत् १०७ महाराज जयवर्मन उल्लेखित ढुंगेमूर्ति प्राचिन शिलालेख मानिन्छ पाशुपती क्षेत्रको । आजभन्दा १५००वर्ष अगाडि राजा शिवदेव वर्माले ९ढोका ,९डबली ,९अजिमा पीठ ,९जातका नेवार ,९चोक,९कुण्ड संयोजन गरी बसाइएको हुँदा नेपाल भाषामा ग्वल भनिएको हो । महासामन्त अंशुवर्माले देवपतनमा दरबार सारेपछि प्राचिन पाशुपत भुमिलाई ब्यवस्थापन गरिएको भनाई रहेको छ । सो दरवारमा ने.सं.३७४मा राजा जयदेव,ने.सं.४४०मा राजा अरिदेव द्वितीय,ने.सं.९६६मा राजा जयप्रकाश मल्ल ,राजा नरेन्द्रप्रकाश मल्लसम्मलाई यहिं राजा घोषणा गरिएको भन्नुलेपनि देवपटन ग्वल क्षेत्रमा नै प्राचिन दरबार रहेको प्रमाणित हुन्छ । ने.सं.८३६मा राजा भास्कर मल्लको राज्यकालमा काठमाडौं लाय्कू कुमारीको अचानक मृत्युहुँदा देवपतनकी कुमारीलाई बसन्तपुर गद्दीमा विराजमान गराइएको भन्नुले पशुपतिनाथको पवित्रभुमि आदिकाल देखिनै विकसित बस्तीको रुपमा रहेको खुल्दछ । तर गणतन्त्रकालमा देवपतनको
९ कवल मध्ये मृत्युञ्जय कवलका ११९घर जात्रा पर्व गुथिसंग सम्वन्धित नेवारहरुलाई स्तानान्तर गरि उमाकुण्ड र सितु क्षेत्रमा सारिएको थियो । हिस्ट्री अफ नेपाल क्याब्रिज युनिभर्सिटी पृष्ठ ११३ मा लेखिएको छ–किरातवंशको पतनपछि पाँचौ सोमवंशी राजा भाष्कर वर्माले पशुपति त्रैलोक्यवंशरी बुद्ध विहारको छानामा सुनजलप लगाई सुवर्णपुरी नाम राखेका थिए ,भनिएको छ । भाष्कर वर्मापछि राजा पशुप्रेक्ष्यदेवले विश्व प्राणी जगत पशु हो र पशुका मालिक पशुपतिनाथ नामाकरण गराएको विश्वास गरिन्छ । पाशुपत क्षेत्रमा आकारमा बुद्ध र निराकारमा शिव एक हुन , दुई होईनन भन्ने तथ्यको ज्वलन्त प्रमाणका लागि प्रत्येक वर्ष मुखाष्टमीका अर्थात कात्तिक शुक्लअष्टमी दिन नाथलाई बुद्ध मुकुटको छायाँ दर्शन गराईन्छ भने पशुपतिनाथलाई शैव,बौद्ध,जैन,सिख, किरात, नागा , गणपद मात्र नभै नास्तिकहरुकोपनि साझा धार्मिक तिर्थस्थल मानि भक्तिभाव दर्शाईन्छ । त्यसैले त पाशुपतक्षेत्रमा पुर्विय सभ्यताको पहिचान आस्था, संस्कार ,संस्कृति पाईन्छ ,भनिएको हो ।
गुहेश्वरी ः
आकाशरूपी पिता शिव परमात्मा पशुपतिनाथको दर्शनमा वीजस्वरूप सेतो चन्दन प्राप्त गर्दछौं भने पृथ्वीमाता पार्वती गुह्येश्वरीको प्रसाद रजरूपी रातो टीका प्राप्त गर्दछौं । तान्त्रिक पद्धतिमा पूजीत मातृशक्ति गुहेश्वरी ने.सं.७७३ मा राजा प्रताप मल्लले बालाजुस्थित पुरानो गुह्येश्वरी साधनागरी स्थापना गराएको बताईन्छ ।
मातृसत्तात्मक समुदायकालागि गुहेश्वरी नै पहिलो पुजित आस्थाकी देवी हुन । त्यसैले शाक्तहरु विवाह ,ब्रतवन्ध वा कर्मकाण्डका लागि गुह्येश्वरीमानै पुग्ने परम्परा रहेको हो । कलात्मकताको हिसावबाट गुह्येश्वरी आकर्षक एक तल्ले स्वरुपमा छ ।
मन्दिर स्थापनाका सम्वन्धमा एक अलौकिक आख्यान जडिएको पाईन्छ , आख्यानुसार एक जना तेल बेच्दै हिड्ने मानन्धर ब्यापरीले ब्यापारगर्दै हिड्दा थाकेपछि संधै हालको गुह्यश्वरी रहेको स्थानको रुखमुनि भुसुक्कै निदाउँथे रे । निदाउँदा एक पल्ट ती तेलीलाई देवीले सपनामा आफु बालाजुस्थित गुह्यश्वरी जमिनमुनी रहेकोले उत्खनन् गर्न भनिछन् देवीको आग्रहलाई राजा समक्ष पुर्याउँदा तन्त्रज्ञानी राजा प्रताप मल्लले ध्यानदृष्टिले हेर्दा तथ्यकुरा थाहपाई सोहि ठाउँमा देवी स्थापना गरिएको भन्ने छ ।
किरातेश्वर ः प्राचीन किरातेश्वर महादेवको शिलाको विशाल शिवमुर्ति गौरीघाट नजिक डाँडामाथि अवस्थित रहेको छ । एक कथनअनुसार , भगवान शिव किराती भेषमा पाशुपतक्षेत्र मा विचरण गरेर हिड्दा कैलासमा पार्वतीलाई महादेव हराएकोमा ठुलो चिन्ता परेछ र पार्वतीपनि वर्तमानको गौरीघाटमा बसेर ध्यानगरी हेर्दा शिवलाई किराती भेषमा देखि आफुपनि किरातिनीको भेषमा विचरणगर्दै जादा किरात किराती भेषमा समागमनभएको पवित्रस्थल किरातेश्वरनाउँबाट प्रख्यात भएको कथन छ । जहाँको शिवस्थलमा भजन किर्तन भक्तीसंगीत हुने गरेको पाईन्छ ।
विश्वरूप र गोरखनाथ ः पशुपति र गुह्येश्वरीबीच मृगस्थली स्लेषमान्तक वनमा विश्वरूप र नाथ सम्प्रदायको गोरखनाथ शिखर शैलीको प्रख्यात देवस्थलहरू छन् । त्यसैगरी गुम्बजशैलीमा ठडिएको विश्वरूप ने.सं.९६६ देखि १००वर्ष लगाएर निर्माण भएको भन्ने भनाई रहेको छ । १५.८० वर्ग स्क्वायर मी.आधार ३२ मी.उचाई तीनतल्ले गुम्बजदाकार विश्वरूप मन्दिरमा १३ वटा गजुरसहित ४ मीटरभन्दा अग्ला अर्धनारेश्रका मूर्तिहरु छन् । त्यसैगरी, योगी नरहरिनाथलाई दफनाएको पवित्रस्थान शिखरशैली मन्दिर मल्लकालमा निर्मित भएको खुल्दछ । भनिन्छ , आसामबाट मच्छिन्द्रनाथ नेपाल ल्याउँदा यही मठमा नागआसन बसेका थिए । जब गुरु गुरु मच्छिन्द्रनाथलाई देखे गुरु गोरखनाथले सम्मानका लागि आसनबाट उठिदिदा नाग आसन सबै खुल्ला भई बर्षाभई देशमा सहकाल प्रारम्भ भएको विश्वास गरिन्छ ।
मच्छिन्द्र गणेश र जयबागेश्वरी ः
पाटनको रातो मच्छिन्द्रनाथको जात्राअघि देवपतनको मच्छिन्द्र गणेशलाई पूजा गर्नुपर्ने विद्यान रहेको छ । पशुपति नाथको पश्चिम गेट प्रवेश गर्ने बाटोकै छेउ प्रतिस्थापित गणेशन मन्दिरबाट बाटोको पारी पट्टी तीनतले पेगोडाशैलीको धातुछाने जयबागेश्वरी मन्दिर रहेको छ । पाशुपतक्षेत्रका पुज्यपीठ मध्ये सर्वाधिक प्रतिष्ठित जयवागेश्वरी मन्दिरपनि शिवपुरीस्थित बागद्धारमातालाई याहाँ अष्ठमातृकाको रुपमा सारिएको भन्ने कथन छ । बागेश्वरीलाई बाघको छाला धारण गरेका शिवस्वरुप भैरवकी आधशक्ति पार्वतीका अनेक पहिचानमध्ये एक देवीका रुपमापनि पुज्ने गर्दै आईरहेको पाईन्छ । त्यसैले सती प्रथाको बेला लोग्नेको मृत्युमा सती जाने महिलाहरूले आफ्ना गरगहना सबै उनै देवी जयवागेश्वरीमा समर्पितगर्दै चढाउथें भन्ने छ । त्यसैले देवीको ढुकुटीमा पशुपतिमाभन्दा बढी गहना सम्पत्ति जम्मा रहेको छ । एक अर्को भनाईअनुसार जयबागेश्वरीलाई राजा धर्मदेवले शिवपुरीबाट नभई तिब्बतको मानसरोबरबाट साँखु शालीनदीहुँदै पशुपतिमा स्थापित गरिएको हो ।
राजराजेश्वरी तलेजु ः
पाशुपतका पीठहरूमा बज्रेश्वरी , कोटेश्वरी , झम्केश्वरी, भुवनेश्वरी, मंगलेश्वरी, जयबागेश्वरी,राजराजेश्वरीका आख्यानछन् । भनिन्छ , राजा रणबहादुर शाहको मृत्युमा उनका धेरै रानीहरूमध्ये तामाङ्नी रानी राजराजेश्वरी सती जान मानिनछन् तर ,जल्लादरुपि तत्कालिन राणा शाशक र समाजले उनलाई जिवितै काठको चिर्पटले कन्चटमा हानी हत्यागरी जलाइदिएछन् । उनैको स्मरणमा घाटको नाम राजराजेश्वरी राखिएको भनाई छ । जहाँ आदिकालदेखिनै प्रत्येक वर्ष भक्तपुरबाट नवदुर्गा ल्याएर गणनृत्य गराउनुपर्ने परम्परा पाइन्छ ।
कसले के गरे पशुपतिमा ?
१) ने.स ४६७मा समसुद्धिनले पशुपति ध्वस्त बनाई धनमाल लुटी लगेपछि ,
ने.सं.४७८ मा महामन्त्री जयसिंह भारीले पुननिर्माण गराए ।
२.) ने.सं.५३३मा राजा राजल्लदेवीको नायविकत्वमा जयस्थिति मल्लले दक्षिण भारतबाट श्रीनाथ भट्ट, महिनाथ भट्ट,भारत कान्यकुब्जबाट कीर्तिनाथ उपाध्याय, मिथिल्लाबाट रघुनाथ झा र रामनाथ झा झिकाई उनिहरुको सल्लाहमा छुवाछुत सतीप्रथा शुरू गराएका हुन् ।
३) .ने.सं.५९९मा राजा रत्न मल्लले दक्षिणात्य ब्राम्हणलाई पशुपतिको पुजारी राखे । पुजारी सोमशेखरानन्दद्धारा पशुपतिमा अष्टमातृका पीठ स्थापना भयो । हिन्दुस्थानी पुजारीको सहयोगार्थ बनेपा र कीर्तिपुरका भण्डारी, विशेटलाई जिम्मा लगाए ।
४.) ने.सं.५८७ मा भक्तपुरका राजा विश्व मल्लले चतुर्भुजनारायण स्थापना ।
५) बन्दीपुरका राजा रण मल्लले कुन्जदेवीबाट प्राप्त रत्नजडित कवज र एकमुखे रूद्राक्ष पशुपतिमा चढाएको र जुनसम्पदाजन्य गहना मंसीरशुक्ल द्वितियादेखि बालाचतुर्दशीमा पशुपतिनाथको ढुकुटी सार्बजनिक गरिन्छ ।
६.) ने.सं.७०५मा पाटन गद्दीमा राजाहरूको मृत्युपछि ज्योतिषले पशुपति दक्षिण बुद्ध ढोकातर्फ उन्मक्त भैरव स्थापना गरे ।
७ ) .बच्ची हत्याको प्रायश्चितमा राजा प्रताप मल्लले ने.सं ७९३ मा १०८ शिवलिङ स्थापना ।
८). ने.सं.८५२ मा देशलाई अनावृष्टिबाट बचाउन ,राजा जगतजय मल्लले पशुपति को दक्षिण बुद्धढोका र उन्मक्त भैरवअगाडि प्रत्येक महिनाको पूर्णिमाका दिन ८पाथी ८ मानाको भात र कीर्तिभिमुख अगाडि महाभोग र किर्तिभिमुख भैरवमा राँगा,हाँस,कुखुरा, बोका र भेंडा बलि दिने चलन चलाए ।
९). ने.सं. ७९४मा राजा नृपेन्द्र मल्लले पशुपति मन्दिर अगाडि सुनको सानो बसाहा स्थापना गरे ।
बौद्ध महाचैत्य
८२.३६ ह ८२.०३ मिटर भू–भाग र ३६ मिटर उचाईको चैत्य हो, बौद्धनाथ महाचैत्य । उत्तर ध्याङ गुठी र बाल रक्षक अजिमाँको मन्दिर रहेको छ । सूचना विभागका अनुसार ,२०मिटर उचाइ सहितको तीन मण्डलाकार प्रदक्षिणा छ । भ¥याङको उत्तर मन्दिरका संरक्षक हात्तीचढेकी बज्रपाणी र खड्गपाणीका दुई मूर्ति छन् भने चारैतिर ६ वटा साना चैत्यहरू र १८० देवताका मूर्ति लहरै राखिएकाछन् ।
चैत्यमा १४७ खोप ७३५वटा तामाका ॐमाने पेमे हुँ मानेहरू छन् । हर्मिकातर्फ शान्ति र प्रज्ञाका आँखा , तेह« भुवनले बुद्धत्वको प्रतिनिधित्व गर्छ । कक्र्युक्पा , शाक्यपा , घेलुक्पा र निङमापा सम्प्रदायका छुटटाछुट्टै महायानी गुम्बाहरु छन् याहाँ । लोकत्तीअनुसार ,उपत्यकामा खडेरीले नारायणहिटीसमेत सुकेछ । ज्याोतिषले बत्तीसै लक्षणयुक्त व्यक्तिको बली दिएमा वर्षा र सहकाल सुरूहुने राजा धर्मदेवलाई सुझाएछन् । राजाले राजकुमार मानदेवलाई भने की, भोलि विहान मुहानमा सेतो कपडाले ढाकेकोलाई दुई टुक्रा हुने गरी काटिदिनु । आज्ञा मुताविक काटिएको वस्तु,आफ्नै पिता धर्मदेव रहेको थाहा पाए । भयभीत मानदेवले साँखु बज्रयोगिनीको आज्ञा मुताविक बौद्धनाथ निर्माण गरे । बचेको सामग्रीबाट चावहिल धन्दोचैत्य बनाएको भन्ने रहेको छ । अर्को आख्यानुसार सुख्खाको कारण रातभर खुला आकाशमा कपडा फिजाएर शीत संकलन गरी शीत निचोरेर स्तुप बनाएकाले नेपालभाषामा खसु–शीत र ती–झोलबाट खास्ती भनिएको भन्नेपनि रहेको पाईन्छ । छुटटै आख्यानअनुसार, तिव्बती लामा खासाको मृत्युपछि नेपालका राजा मानदेव प्रथमको रूपमा जन्म भयो । खासा चैत्य बनाउन एकजना तामाङनीले राजालाई एउटा गोरूको छालाले ढाक्ने जमिन मागे । राजाको आज्ञाले महिलाले गोरूको छालालाई धागोको डोरीले जमिन नाप्दा हालको बौद्ध चैत्य बनेको हो । विश्वसम्पदामा सूचीकृत बौद्धनाथ,त्यहाँ बुद्ध जयन्ती, ल्होसार, तेमाल जात्रा, रोपाईजात्रा, छेच्यू पूजा मनाइन्छ ।
महाचैत्यसँग केन्द्रित भई निर्माण गरिएका गुम्बा
१) कक्र्युपाः— २) निङ्मापाः ः ३) शाक्यपाः—४) घेलुक्पा ः—
चारै बौद्ध सम्प्रदायका सयभन्दा बढी गुम्बा विहारहरु रहेकाछन् ।
चाबहिल चैत्य ,चारुमति विहार र चन्द्र विनायक
किरातकालमा चाभेचौरी भनिन्थ्यो चावहिललाई । चावहिललाई संस्कृतमा समाधिमण्डप महाविहार भनियो । चाबहिल सम्राट अशोककी छोरी चारूमतीको नाउँबाट चावहिल बनेको भन्ने कथन छ तर सो सत्य नभई राजा प्रताप मल्लकालीन ने.सं.७६१ ल्हासा व्यापारीहरु तिब्बत जाँदा रातबस्ने भएकोले नेपालभाषामा चाहिनाबाट,चावहिल रहेको कथन छ । किरातराज्यका चौथा राजा थोरे हाङको राज्यकालमा , गोकर्णमा विफरको महामारीबाट बच्न थोरे हाङले चाभेचौरीमा राजधानी सारेको भनाईछ । भारतका संम्रात अशोककी छोरी चारूमतीको विवाह देवपालसँग भएको र चारूमतीेबाट चावहिल कुनै प्रमाण नरहेको ईतिहासविद भुवनलाल प्रधानद्धारा लिखित चाभेचौंरीं चावहिल पुस्तकमा उल्लेख छ ।
चावहिल स्तुप ( धन्दो चैत्य ) र जीवित देवी कुमारी
धन्दोचैत्य राजा मानदेवका पिता धर्मदेवद्वारा लिच्छवी संवत ्५००मा निर्मित गोपाल वंशावलीमा छ । मखन बहालका बज्राचार्यबाट चावहिल संघका शाक्यहरूकी कान्छी छोरीलाई विधिवत छानिनेहुँदा यहाँका कुमारी लाई आकस्मिक कुमारीपनि भनिन्छ । कथमकदाचित वसन्तपुर कुमारी को तलमाथि भएमा चावहिल कुमारीलाई गद्दीमा विराजमान गराईन्छ । ने.सं.८३६ भाष्कर मल्लको राज्यकालमा लाय्कू कुमारीको निधन हुँदा चावहिलकी कुमारीलाई वसन्तपुर गद्दीमा बसाइएको भन्ने गरिन्छ । ने.संं८५०मा गंगारानी नाउँकीले चारूमती विहार जीर्णोद्वार गराएको बताईन्छ ।
क्वथु वहिल (गगनगञ्ज महाविहार) ः
धर्मचक्र महाविहार ( क्वथु वहिल ) स्थानीय शाक्यवंशका पुर्खा गगन कनिष्ठ शाक्य भिक्षुले स्थापित तल्लो टोलको वहिल हो यो । अक्षोभ्य बुद्धप्रति समर्पित दुई तले क्वथु वहिलको कक्षभित्र पञ्चबुद्ध र पद्मपाणी लोकेश्वरका मूर्ति छन् । ने.सं.७५२ आगंद्यो निर्मित कुटुबहीलमा महाकाल, नाग र ‘ध्वं जुजु स्याल राजाको पूजा हुन्छ । कार्तिक पुर्णिमाको दिन ।
चन्द्रविनायक चावहिल गणेश ः जनश्रुतिमा , हाँडीगाउँको धनगणेशबाट सारिएको हो, चन्द्रविनायक । काठमाडौं उपत्यकाका चार विनायक ( सुर्य विनायक ,जल विनायक , सिद्धी विनायक र चन्द्र विनायक ) मध्ये मानिन्छ ,चन्द्र विनायक । द्योछेँ भजन दुईतल्ले धातुछाने पेगौडाशैलीका घर छन् । लिच्छवीकालीन मन्दिर राजा प्रताप मल्लद्धारा पुर्ननिर्मित मानिन्छ । शरीरमा खटिराले दुःख दिए , यस गणेशथानमा पूज्ने गरिन्छ ।
मैजुबहाल म्हेजविहार र बाँकोट कुमारी ः‘ चावहिल चोकको पूर्व बौद्धतर्फ नगई गहेश्वरीतर्फ छिर्ने गल्लीमा मैजुबहाल सडकछेउमा छ । भाषा वंशावली अनुसार, मारवाड देशका राजा सुदत्तकी रानी पिंगलाले गुहेश्वरीदेवीको वरदान पाएपछि बहाल र ढुंगेधारा निर्माण गरेकी थिइन् । बाँ अर्थात् बलि वा अखडाभन्ने अर्थ लाग्दछ नेपाल भाषामा । कुमारीअखडा , बाँकोट चावहिल चक्रपथ थुम्को हो । फागुपूर्णिमाको दिन बाँकोट कुमारीको विशेष ज्यापुपूजा हुनेगर्दछ ।