
काठमाडौं । सुन तस्कर सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रतिवेदन बुझाएका हुन् ।
गृहमन्त्रीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य नारा सुशासन भएको बताउँदै तेरो–मेरो नहेरेर दोषी देखिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।