
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेश रणसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेको छ ।
बुधबार विहान बसेको दलको बैठकले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक समेत रहेका परियारलाई सरकारमा पठाउने निर्णय गरेको हो । उनीलाई अहिले कुनै जिम्मेवारी तोकिएको छैन ।
शिक्षण पेशा छोडेर जनयुद्धमा लागेका परियार हुम्लाबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
त्यसैगरी माओवादीले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ । मुख्यमन्त्री कँडेलले विहीबार विश्वासको मत लिँदै छन् ।