आज :

बरुण हाइड्रोपावरको हपप्रद शेयर आज देखि निष्कासनमा

  • अनलाइन डबली

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर आजदेखि निष्कासनमा रहेको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।
कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर जारी गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ ६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।
गत जेठ २१ सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि अगामी साउन १९ गते सम्म आवेदन दिन पाउनेछन् ।
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले आरबीबी मर्चेन्ट बैंक सहित राष्ट्रिय वाणिज्य बैंकको विरगञ्ज, जनकपुर, नारायणगढ, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी, धरान, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal