आज :

यी हुन् माओवादी केन्द्रका प्रदेश इन्चार्ज

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

बुधबार सम्पन्न बैठकले सातवटै भूगोल, गैरभौगोलिक प्रदेश र प्रवासको जिम्मेवारी हेरफेर गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

माओवादीले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी हरिबोल गजुरेलले पाएका छन् भने सहइन्चार्जको जिम्मेवारी सावित्रिकुमारी काफ्लेलाई दिएको छ ।

त्यस्तै, मधेशको इन्चार्जमा लिलामणि पोखरेललाई यथावत राख्दै सहइन्चार्जको जिम्मेवारी विश्वनाथ साहलाई दिइएको छ ।

बागमतीको इन्चार्ज पार्टी प्रवक्ता सापकोटा नै बनेका छन् भने सहइन्चार्ज टुंगो लाग्न सकेको छैन।

यसैगरि, गण्डकीको इन्चार्जमा दिनानाथ शर्मालाई तोकिएको छ भने सहइन्चार्जमा हरिराज अधिकारी रहेका छन् ।लुम्बिनी इन्चार्जमा चन्द्रप्रकाश खनाल रहेका छन् भने सहइन्चार्जमा कुलप्रसाद केसीले जिम्मेवारी पाएका छन् ।

कर्णाली इन्चार्जको जिम्मेवारी कालीबहादुर मल्लले पाएका छन् भने सहइन्चार्जको टुंगो लाग्न सकेको छैन ।

उता सुदूरपश्चिम इन्चार्जमा गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको छ भने सहइन्चार्ज बिना मगर बनेकी छन् ।

विशेष प्रदेशको इन्चार्जको जिम्मेवारी हितमान शाक्यले पाएका छन् भने सहइन्चार्जमा यशोदा सुवेदी रहेकी छिन् । प्रवास अन्तर्गत मध्यपूर्वको इन्चार्जमा पम्फा भुसाल, भारतको इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टिबी पाठक रहेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal