
काठमाडौं । बराम्बार संविधान विपरित हर्कत गर्न थालेको भन्दै (नेकपा) भित्र प्रधानमत्री केपी ओली वीरुद्ध माहोल तात्दै गर्दा अन्ततः प्रधानमन्त्री ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । ओलीले विवादास्पद अध्यादेश फिर्ता लिने भनेपछि बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष प्रचण्ड र महासचिब विष्णु पौडेलसहित प्रधानमन्त्री ओली पनि सहभागी बनेका छन् ।
बैठक बस्नु पूर्व अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली सहित अन्य नेताहरुको सहभागीतमा भएको छलफलमा सो सहमति भएको एक नेताले अनलाइन डबलीसँग कुरा गर्दै भने,“ओलीले असंवैधानीक कार्य गर्नु भएको थियो जसले गर्दा उहाँलाई नै समस्यामा पर्ने देखिएको थियो, प्रचण्डसमु बेलैमा झुक्नु भयो यो राम्रो कुरा हो ।”
‘प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको र अब फुटको संघारमा गएको (नेकपा)को तत्काल संकट टरेको देखिन्छ बलुवाटार स्रोतले बतायो ।’
फोटोः फाइल