आज :

नेपाल विकसित राष्ट्रमा जाने कुरामा चीनको पूर्ण समर्थनः प्रधानमन्त्री प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाल अति कम विकसित देशहरुको सूचीबाट विकसित राष्ट्रमा जाने सम्बन्धमा चीनको पूर्ण समर्थन रहने बताएका छन् ।

अमेरिका र चीनको औपचारिक भ्रमणपपछि स्वदेश फिर्ता भएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग बोल्दै नेपाललाई विकसित राष्ट्रको सूचीमा राख्न चीनसँगको व्यापार, लगानी अन्तरदेशिय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै अगाडि बढ्ने कुरामा चीनको पूर्ण समर्थन रहने बताए ।

“चिनीयाँ राष्ट्रपति सी चिनफिङसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता भयो । दुवै देशका विद्यामान अवसर र सम्भावनाहरुको भरपूर सदुपयोग गर्दै आपसी सम्बन्ध थप दरिलो बनाउने विषयमा सघन छलफल गरियो । २०२६ सम्ममा नेपाल अतिकम विकसित देशहरुको सूचीबाट विकसित राष्ट्रमा जाने सम्बन्धमा चीनले गरिबी निवारण र आर्थिक समृद्धि क्षेत्रमा हासिल गरेको सफलताको सन्दर्भमा चीनसँगको व्यापार, लगानी अन्तरदेशिय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै अगाडि बढ्ने कुरामा चीनले पूर्ण समर्थन रहने जनाएको छ” प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले चीन भ्रमणको क्रममा चीनका राष्ट्रपति सीचिनफिङसँग नेपाल–चीन सम्बन्धलाई थप उचाई दिन छलफल भएको भन्दै सोक्रममा दुई देशबीच रहेको सम्बन्धलाई प्रगाढ बनाउने र नेपालको विकासमा चीनको साथ र सहयोगका सम्बन्धमा खुलेर छलफल भएको बताए ।

नेपालमा रहेका सम्भावनाहरुलाई मूर्त रुप दिन नेपाल सरकार प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्रीले उक्त विषयमा चीन पक्षका प्रतिनिधिले सकारात्मक सन्देश प्रवाह गरेका बताए ।

प्रधानमन्त्रीले अगाडि भने, “पोखरा विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको उड्यन निकायबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल हुनुको साथै असल मित्रको रुपमा दुई देशबीच भएका समझदारीहरुमा आधारित भई अगाडि बढाउने कुरा भएको छ । नेपालमा लगानीको प्रचुर सम्भावना रहेको छ, ती सम्भावनाहरुलाई मूर्त रुप दिन र लगानी संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध भएको विश्वास दिलाएको छु । चीन पक्षका प्रतिनिधिले सकारात्मक सन्देश प्रवाह गरेका थिए भने उद्योगी व्यापारीहरुको उत्साहजनक उपस्थिति थियो ।”

यस्तै, दुई पक्षीय वार्तामा नेपालको उत्तरी सीमा क्षेत्रका विकट गाउँमा चीनको तर्फबाट प्रशारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा सौर्य प्रणाली जडानलगायतका पूर्वाधार विकासबारे छलफल भएको बताए ।

उनले भने, दुई पक्षीय वार्ता नेपालको उत्तरी सीमा क्षेत्रका विकट गाउँमा चीनको तर्फबाट प्रशारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत प्रशारण प्रणालीबाट विद्युतको पहुँच पुर्याउन नसक्ने स्थानमा सौर्य प्रणाली जडान, विभिन्न स्थानमा सडक निर्माण तथा सडक स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका सबै साथै परम्परागत सिमानाकाहरुको पुनः सञ्चालन, सिमाना कामा नेपालतर्फ पूर्वाधार निर्माण, प्रयोगशाला निर्माण जस्ता पूर्वाधार विकासका बारेमा केन्द्रीत थियो ।’

यस्तै, उनले अमेरिकामा राष्ट्रसंघीय महासभामा नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तन तथा यसले अल्पविकसित देशहरुमा पारेका प्रभाव तथा त्यसको निराकरणका उपायहरुको बारेमा विश्व समुदायको गम्भीर रुपले ध्यानाकर्षण गराएको पनि बताए ।

“महासभामा मैले नेपालको तर्फबाट सम्बोधन गरें । यसमा प्रमुख रुपमा नेपालको शान्ति प्रक्रिया र त्यसलाई ठोस निष्कर्षमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तन तथा यसले नेपाललगायत अल्पविकसित देशहरुमा पारेका प्रभाव तथा निराकरणका उपायहरु, हिमाली राष्ट्रहरुको समस्या, दिगो विकासका लक्ष्य प्राप्तिमा अल्पविकसित राष्ट्रको समस्या प्रस्तुत गर्दै ती समस्या समाधानमा स्रोत र साधनको व्यवस्थापनका लागि विश्व समुदायको गम्भीर रुपले ध्यानाकर्षण गरिएको छ” प्रधानमन्त्रीले भने ।

जलवायु परिवर्तनको चपेटमा परेका नेपाललगायत राष्ट्रहरुलाई सहज वित्तीय पहुँचको व्यवस्था गर्न माग गरेको भन्दै जलवायु परिवर्तनसम्बन्धी नेपालले अपनाएका नीति र लक्ष्यहरु बारे विश्व समुदायलाई जानकारी गराउँदै नेपालले हासिल गरेको उपलब्धि एवं जलवायु अनुकूलनमा पुर्याएको योगदान विश्वसमक्ष प्रष्ट रुपमा राखेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal