 
	
काठमाडौं । कोरोना महामारीमा दक्षिण कोरियामा अलपत्र परेका नेपालीहरुको उद्दार गरिरहेको केएमई कम्पनी लिमिटेड दुर्गा समूहले गैरआवासीय नेपाली राष्ट्रिय समन्वय समितिलाई एक करोड ५ लाख सहयोग गर्ने भएको छ । कम्पनीका कार्यकारी निर्देशक विनोद कुँवरले एनआरए कोरियालाई विभिन्न सामाजिक कार्यको लागि १ कोरोड र हलभाडाको लागि ५ लाख कोरियन वोन प्रदान गर्ने जानकारी दिएका छन् ।
एक कार्यक्रमबीच सो रकम उपलब्ध गराउनेबारे सम्झौता पनि भएको छ । कम्पनीको तर्फबाट कार्यकारी निर्देशक कुँवरद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ”हामीले हाम्रो कम्पनीको निश्चित मुनफा नेपाल तथा दक्षिण कोरियाका विभिन्न समाजिक संस्थामा सहयोग गर्ने परम्पराअनुसार कोरियन एअरसँगको सहकार्यमा दक्षिण कोरियाको प्रचलित सामाजिक कानुनको दायरभित्र हुनेगरि आर्थिक सहयोग गर्ने मिल्ने उच्चतम बिन्दु १,००,००,००० (एक करोड) कोरियन वोन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया (NRNA KOREA) लाई विभिन्न सामाजिक कार्यक्रम संचालन गर्नका निमित्त हस्तान्तरण गर्ने र हाम्रो अर्को भगिनी कम्पनि दुर्गा समूह (DURGA Group) ले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया (NRNA KOREA) द्वारा संचालित सभाहलको मासिक भाडा ५००००० (पाँच लाख) वोनका दरले १ बर्ष अवधिको हाम्रो कम्पनि KME Co. Ltd.ले भुक्तानी गरिदिने निर्णय गरेको पनि दक्षिण कोरियावासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा सहर्ष जानकारी गराउँदछौ ।”
त्यसैगरी कोरोना महामारीका कारण हवाई उडान स्थगितभै मातृभूमि नेपाल फर्कन नपाउनु भएका दक्षिण कोरियामा रहेका नेपालीहरुलाई नेपाल फर्काउन आवश्यक सहजीकरण गरिदिएकोमा सौलस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियालाई कम्पनीले धन्यवाद समेत व्यक्त गरेको छ । कोरियाको कुँवरले आफ्नो झण्डै तीन दशक लामो आफ्नो सामाजिक र ब्यवासाहिक यात्रामा साथ र सहयोग गर्ने नेपालीप्रति छुट्टै दायित्व र स्नेह रहेको अनुभव गरेको निर्देशक कुँवरले बताएका छन् ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          





