
काठमाडौ । (नेकपा) को केपी शर्मा ओली समूहले मोटरसाइकल र्याली निकालेको छ । भोलि काठमाडौंमा आयोजना गरिएको जनप्रदर्शनको पूर्वसन्ध्यामा ओली समूहले उक्त र्यालीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टरसहित मोटरसाइकल र्याली निकालिएको थियो।
नेकपाका नेता महेश बस्नेतको नेतृत्वमा मोटरसाइकल र्याली निकालिएको हो।यही माघ २३ गते ओली पक्षले काठमाडौँमा आम सभा गर्दैछ। त्यसको पूर्वसन्ध्यामा आज मोटरसाइकल र्याली निकालेको हो ।
बालकुमारी पुलबाट सुरु भएको मोटरसाइकल र्याली सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली त्रिपुरेश्वर, आरएनएसी, जमलचोक, दरबारमार्ग,नारायणहिटी,जयनेपाल हल,कमलपोखरी,रातो पुल,गौशाला,एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको थियो ।