आज :

कांग्रेसबाट इलाममा खड्का र बझाङमा सिंह उम्मेदवार

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले इलाम–२ को उपनिर्वाचनका लागि पार्टी सभापति डम्बर खड्कालाई उमेदवार बनाउने भएको छ ।

विहीबार विहान सबै आकांक्षीलाई बोलाएर छलफल गरेपछि खड्कालाई उम्मेदवार बनाउने सहमति बनेको हो । इलामका प्रमुख आकाक्षी भेषराज आचार्यसँग भने अन्तिम समयमा कुनै सरसल्लाह नगरेको प्रतिक्रिया दिएका छन् ।

विहीबार बसेको बोर्ड बैठकले इलाम–२ मा खड्का र बझाङ १(क)मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने गरी सहमति भएको कांग्रेस निकट स्रोतले जनाएको छ ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले अब कार्य सम्पादन समितिलाई नाम सिफारिस गर्नेछ ।

उमेदवारको टुंगो लगाउन मंगलबार र बुधबार दुई दिनसम्म बसेका औपचारिक बैठक निष्कर्षविहीन रहेपनि विहीबार भने उम्मेदवारी टुङ्याएको हो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal