आज :

कोशी प्रदेशमा डेङ्गी संक्रमण बढ्दै, २ जनाको मृत्यु र १ हजार ६५ जना संक्रमित

  • अनलाइन डबली

काठमाडौं । कोशी प्रदेशमा डेङ्गी संक्रमण बढ्दै गइरहेको छ । साउन यता १ हजार ६५ जना सङ्क्रमित भइसकेको छन् । सबैभन्दा धेरै मोरङमा संक्रमित भेटिएका छन् । बढ्ने क्रम जारी रहेको स्वास्थ्य संस्थाहरुले जनाएका छन् । साउन यता मोरङमा ५ सय ३२ जना र झापामा १ सय २८ जनामा डेङ्गी संक्रमण भएको पुष्टि भएको छ ।

डेङ्गी संक्रमितमध्ये झापामा २ जनाको मृत्यु भइसकेको छ । हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेतको डेङ्गीबाट ज्यान गइसकेको छ  रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या

त्यसैगरी धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित संख्या पनि धेरै पाइएको छ भने ताप्लेजुङमा भने डेङ्गीको एकजना पनि सङ्क्रमित पाइएको छैन । धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गीको सङ्क्रमण भएको छ ।

स्वावस्थ्य निर्देशनालयका अनुसार उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal