आज :

सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते

  • अनलाइन डबली

सर्लाही । पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा शनिबार ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका छन् ।

सर्लाहीबाट पूर्व बर्दिबासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक ठोक्किँदा इभीमा सवार मानिसहरू घाइते भएका हुन् । दुर्घटनामा बाराको महागढीमाई नगरपालिका ६ का ४१ वर्षीय कामेश्वर सहनी, सोही नगरपालिकाको वडा नं। ९ का ४८ वर्षीय राजेन्द्र राम, बाराकै सुवर्ण गाउँपालिका ४ बस्ने ३७ वर्षीय रञ्जित राम, ४५ वर्षीय भवन राम, ४० वर्षीय रामदेव राम, ४० वर्षीय विनोद राम, ४७ वर्षीय रुदल राम, सुवर्ण गाउँपालिका ७ बस्ने ६३ वर्षीय हरिहर राम घाइते भएका छन् ।

त्यस्तै बाराकै कलैया उपमहानगरपालिका २६ बस्ने ३७ वर्षीय नन्दन राम, ३७ वर्षीय उमेश राम, बाराको पचरौता नगरपालिका ७ बस्ने ५५ वर्षीय राम सन्देश राम र बाराकै सिम्रौनगढ नगरपालिका ४ बस्ने ४० वर्षीय नवलकिशोर राम घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सुवर्ण गाउँपालिका ४ बस्ने ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि एलएस न्युरो अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेको मोडेल अस्पताल लाल बन्दीमा उपचार भइरहेको सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेका सवारी प्रहरी चौकी फूल जोरमा ल्याएर राखिएको छ ।

दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर केसीले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal