काठमाडौँ । विभिन्न युवा अभियान्ताहरुको नेतृत्वमा ओली सरकारले भ्रष्टाचारी बचाउने खेलनमा लागेको बताउँदै बालुवाटारमा प्रदशन गरेका छन् । अब बोल्छ नेपाल लेखिएको व्यानर तथा प्लेकार्ड सहित विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले भ्रष्टाचारीलाई जोगाउने नियतले ५ वर्षे हदम्याद ल्याउन लागिएको भन्दै यसको खारेजीको माग गरेका छन्।
त्यस्तै २२ अर्व बिद्युत बक्यौता रक अशुल गर ,नेपाली अनुहारका बिदेशी एजेन्ट होशियार , समग्र भ्रष्टाचारको छानबिन गर्न स्वतन्त्र नागरिक आयोग गठन गर , भ्रष्टाचार मुद्दामा पांच बर्षे हदम्याद खारेज गर, विभिन्न प्रकरणलाई अघि बढाई यथाशीघ्र निष्पक्ष अनुसन्धान गर्नुपर्ने, सबै नेताहरूको सम्पत्ति छानबिनका लागि स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्ने लगायतका उनीहरूको माग छ। उनीहरूले विद्युत् प्राधिकरणले विभिन्न उद्योगबाट उठाउनुपर्ने बक्यौता असुल गर्न पनि माग गरेका छन्।
उनिहरुले ललिता निवास, भूटानी प्रकारण, गिरीबन्धु प्रकरणका दोषी बचाउन र देशलाई असफल बनाउने योजना असफल पार्न बंगलादेशको घटना नेपालमा घटाउने चेतावनीसमेत दिएका छन् ।


अनलाइन डबली






