काठमाडौं । मर्स्याङ्दी नदीमा खसेको बसमा सवार १४ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट भारतीय बस मर्स्याङ्दी नदीमा खसेको थियो ।
पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको थियो ।
प्रहरीका अनुसार दुर्घटनास्थलबाट १४ जनाको शव निकालिएको छ । त्यस्तै, घटनास्थलबाट १६ जना घाइतेको उद्दार गरिएको छ ।
बसमा चालक, सहचालकसहित ४३ जना सवार थिए ।
बस नदीमा खसेको सूचनापछि १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्दार टोली खटिएको थियो ।