आज :

त्रिविकोे सम्पति एमाले,कांग्रेसले आधाआधा पार्टी कार्यालय बनाउँदा हुन्छ: सांसद सिंह

  • अनलाइन डबली

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा थ्रेट बढेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बेल्दै उनले दुई ठुला दलले त्रिभुवन विश्वविद्यालयलाई कव्जा गरेको आरोप लगाएका हुन् ।

सिंहले भने, ‘पढेलेखेको कारणले त्रिभुवन विश्वविद्यालयको जुन दशा दुई वटा दलले गर्नुभएको छ, म आग्रह गर्न चाहन्छु दुई वटा दलले आधा आधा सम्पति बाटौं र पार्टी अफीस बनाऔं । आधा कांग्रेस बाटौं आधा एमाले किनकी विद्यार्थी सबैलाई विदेश लखेटेकै हो यसै मौकामा दुई दलको सरकार छ जुन त्रिभुवन विश्वविद्यालयको ठुलो जग्गा छ त्यो आफ्नो पार्टीको नाममा दर्ता गर्नुस् ।’

साथै उनले देश जनताको नभएर दलको भएको जिकिर गरे । उनले भ्रष्टाचारको मुदा्दमा हदम्याद गरेर अहिलेको सरकारले भ्रष्टाचारीलाई चोख्याँउन खोजेको आरोप लगाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal