आज :

टिकटकमाथिको प्रतिबन्ध आजदेखि हट्दै, प्रतिवद्धता जनाएपछि प्रचण्ड सरकारले नै फुकुवाको प्रक्रिया बढाएको थियो

  • अनलाइन डबली

काठमाडौं । सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषदमा पठाएको र आज बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने शूत्रले बताएको छ ।

आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको टिकटक सहजै चलाउन पाइने छ ।

गत वर्षको असोज २७ गते टिकटकले नेपालकाे कानुनकाे पालना नगरेपछि प्रचण्ड नेतृत्वको सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछि टिकटसँगका प्रतिनिधि नेपाल पुगेर पटकपटक वार्ता समेत भएकाे थियाे ।

उक्त वार्ताकाे क्रममा टिकटकले नेपालकाे कानुनअनुसार चल्ने प्रतिवद्दता जनाइसकेकाे थियाे । प्रचण्ड नेतृत्वकै सरकारका पालामै टिकटकमाथिकाे प्रतिबन्ध फुकुवा गर्ने प्रक्रिया सुरू भइसकेकाे थियाे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal