आज :

नागढुङ्गा सडक खण्ड आठ घण्टा पछी खुल्यो बल्ल एकतर्फी

  • अनलाइन डबली

। काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गामा पहिरो खसेपछि अवरुद्द राजमार्ग आठ घण्टा पछी एकतर्फी सवारी आवागमन खुलाइएको छ।

प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौं आउने र जाने सवारी साधनलाई आलोपालो गरि  लागि सवारी साधन  संचालन सुरु भएको छ। सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको छ।

वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले आज बिहान १०:३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभरि समय लागेको हो। जसका कारण काठमाडौं नौविसे खण्डको २० किलोमिटर भन्दा लामो सवारी साधनको जाम लागेको थियो।

प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार अहिले चन्द्रागिरी नगर पालिकाको समेत गरि तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ।

नागढुङ्गा प्रहरीले काठमाडौंबाट जाने सवारी साधन नागढुङ्गामै रोकेर फर्काइरहेको छ भने आउने सवारी साधान ‘पिप्लामोड’ भन्दा तल नै रोकिएका छन्। काठमाडौं छिर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन्। काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य यो नाकामा दैनिक चालिस हजारको हराहरिमा यात्रुवाहक तथा मालबाहाक सवारी साधन भित्रिने र बाहिरिने गर्दाछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal