आज :

पार्टी फुटको हल्ला स्थायी समितिले खारेज गरिसक्योः प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले स्थायी समिति बैठकले पार्टी फुटको हल्लालाई खारेज गरिसकेको बताएका छन् ।

बुधबार बागमती प्रदेशको परामर्श बैठकमा बोल्दै प्रचण्डले मिडिया ट्रायल नगर्न समेत नेताहरुलाई चेतावनी दिए ।

अध्यक्ष प्रचण्डले बैठकमा भएका छलफल र बहस बाहिर मिडियामा नलैजान नेताहरुलाई सचेत गराएका थिए ।

केही संचारमाध्यमहरुले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउन लागेको समाचार प्रकाशित गरेका थिए । तर, पदाधिकारी र स्थायी समिति बैठकमा प्रभाकरले पार्टीभित्र आफूलाई लागेको विषयमा राखेको तर पार्टी फुटाउनेबारे नसोको बताइसका थिए ।

बैठकमा प्रभाकरले लिखित प्रस्ताव नै पेश गरेर आफू माओवादी आन्दोलन र पार्टीलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेमा चिन्ताका साथ विषय उठाएको बताएका थिए ।

साउन २५ गतेदेखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकअघि सबै प्रदेशमा परामर्श बैठक गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आजबाट परामर्श समितिको बैठक बस्न सुरु गरेको हो । आज पहिलो दिन बागमती प्रदेशको बैठक सुरु भएको छ । बैठक भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal