आज :

माओवादी केन्द्रको स्थायी कमिटी बैठकः आजबाट चार एजेण्डामा छलफल

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आजबाट एजेण्डामा छलफल हुनेछ ।

स्थायी कमिटी बैठक शुक्रबारबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको थियो । त्यसअघि पदाधिकारी बैठकले चार एजेण्डा तय गरेको थियो ।

प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार पहिलो दिनमा बैठकमा एजेण्डा प्रस्तुत मात्रै भएको र आजबाट एजेण्डामा छलफल सुरु हुनेछ ।

सापकोटाले बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेको पनि जानकारी दिए ।

एजेण्डाहरुमा वर्तमान परिस्थितिबारे ब्रिफिङ वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र हाम्रो कार्यभार र विविध रहेको छ । एजेण्डा प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले संक्षिप्तमा ब्रिफिङ गरेको सापकोटाले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal