आज :

दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त, आइजीपीमा डा. मनोज केसी बढुवा

  • अनलाइन डबली

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ । सरकारले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा सल्लाहकारका रूपमा खटाउने निर्णय गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक स्तरको प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने र उक्त पदमा कार्कीलाई खटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेलले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिन उक्त पद सिर्जना गरिएको बताए ।

उनले भने, ‘वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षक स्तरको प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गर्ने निर्णय भएको छ।’

त्यस्तै, कार्की सुरक्षा सल्लाहकारमा खटिएपछि रिक्त हुने प्रहरी महानिरीक्षक पदमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम डा. केसीलाई २०८३ कात्तिक १८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गरिएको मन्त्री पोखरेलले बताए ।

यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन भएको छ । डा. केसीले नयाँ प्रहरी महानिरीक्षकका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal