काठमाडाैँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोशल मिडिया प्लेटफर्म एक्समाथी प्रतिबन्ध लगाएका छन् ।
एक्सका मालिक एलन मस्कले भेनेजुएलाकाे निर्वाचनलाई लिएर विभिन्न भ्रम सिर्जना हुने अभिव्यक्ति दिइरहेका थिए । यसबीच राष्ट्रपति मादुराेले १० दिनको लागि पहिला ट्वीटरकाे रूपमा चिनिएकाे एक्स प्लेटफर्ममाथी प्रतिबन्ध लगाएका हुन् ।
मदुरोले नियामक कोनाटेलद्वारा प्रस्तुत प्रस्तावमा हस्ताक्षर गरेसँगै सामाजिक सञ्जाल एक्स १० दिनको लागि भेनेजुएलामा चल्ने छैन । मस्कले लगातार घृणा, गृहुयुद्ध र मृत्युलाई उक्साएको भेनुजुएलाकाे सरकारले जनाएकाे छ ।
मस्कले भेनेजुएलाका राष्ट्रपति मादुराेलाई गधासँग तुलना गरेका थिए । त्यस्तै मदुरोले पनि चुनावपछि विरोध र असहमतिको पछाडि मस्कलाई चालक शक्ति भएको आरोप लगाएका थिए ।
मस्कले मादुराेसँग लड्न भनेका थिए । उता मादुराले पनि आफू ह्युगो चावेज सन्तान भएकाे बताउँदै नडराउने बरू लड्न तयार रहेकाे जवाफ फर्काएका थिए ।
मस्कले लड्न तयार भएकाे बताउँदै आफूले हारेपछि मादुराेलाइ मंगलग्रह निःशूल्क घुमाउने भन्दै हल्लाका टिप्पणी गरेका थिए ।