काठमाडौँ । विद्यार्थी आन्दोलनले बंगलादेशका सरकार ढालिदिएको छ । आन्दोलन उग्र बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । बीबीसी बंग्लाका अनुसार हसिना राजिनामा लगत्तै देश छोडेर भागेकी छन् ।
सोमबार प्रधानमन्त्री निवासमै प्रदर्शनकारी प्रवेश गरेसँगै हसिनाले राजिनामा गरेर भागेकी हुन् । हसिना कुन देश लागिन अहिले नै खुलाइएपनि बंगलादेश भने छोडेको बताइएको छ ।
सुरुामा सरकारी आरक्षण कोटाविरुद्ध विद्यार्थी विरोध प्रदर्शन गरेका थिए । हसिना सरकारले दमन गरेपछि आन्दोलन चर्किँदै गएको थियो ।
आइतबारबाट थप संघर्षका कार्यक्रम सार्वजनिक गर्दै आन्दोलनकारीले आन्दोलन चर्काएका थिए ।
सुरुमा विद्यार्थीको आन्दोलनलाई नजरअन्दाज गर्दै आएकी थिइन् हसिना । उनले आन्दोलनकारीको माग सम्बोधन नगरेपछि त्यहाँको सर्वोच्च अदालतले कोटा प्रणाली खारेज गरेको थियो ।
आन्दोलनकारीले थप संघर्षका कार्यक्रमसँगै आइतबारबाट हजारौं विद्यार्थी सडकमा निस्किएका थिए ।