काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापतिले विवादित व्यापारीसँग होटलहोटलमा भेट गरिरहेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सापकोटाले प्रतिपक्ष दललाई दिनुपर्ने सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले नेपाल विद्युत प्राधिकरणको महसुल नतिर्ने व्यापारीसँग भेट गरिरहेको बताए ।
सापकोटाले सार्वजनिक लेखा समिति प्रतिपक्ष दललाई दिनुपर्ने माग समेत गरेका छन् । उनले प्राधिकरणको महसुलबारे यसअघि सरकारले गरेका अध्ययन र रिपोर्टको कार्यान्यवन गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी सांसद सापकोटाले सरकार निरकुंश बन्न खोजेको आशंका व्यक्त गरे । महसुल तिर्नुपर्छ भन्ने प्राधिकरणका संचालक समितिका दुई सदस्यलाई हटाएकोप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार निरंकुश बन्न खोजेको आशंका व्यक्त गरेका छन् ।