काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो वर्ग र जनतामा जाने निष्कर्ष निकालेको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठक पार्टी सुद्धिकरण गर्ने र जनताको माझ जाने निचोडमा पुगेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । बैठक भने अझै आज सकिँदै छ ।
प्रवक्ता सापकाेटाले भने, ‘पार्टी निमार्णमा सबैभन्दा पहिला पार्टी सुद्धिकरणमा जोड दिनुपर्यो, सुद्धिकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाउनु पर्छ र जनतामा जानु पर्यो । जनतामा पनि कहाँ भन्दा हाम्रो वर्गमा, अहिले हामी सबैको साझा निष्कर्ष के छ भन्दा पार्टी खुम्चिदै गएको छ, यसको पछाडीको मुख्य कारण हामीले हाम्रो वर्गसँगको सम्बन्ध राम्रो बनाउन सकेनौ । वर्गीए कडि टुटेको जस्तो, वर्गीय दृष्टिकोण पनि धमिलो भएको जस्तो देखिएको हुनाले यसबारेमा हाम्रो बढि छलफल भएको छ ।’
हिजाेसम्म १८ जना पदाधिकारीले आफ्नो धारणा राखेका छन् ।
बैठकमा नेताहरूले सरकार छाेडेर जनतामा जाने अबसर मिलेकाे भन्दै उत्साहित भएकाे बताइएकाे छ ।