आज :

बाराक ओबामा पनि बाइडेनको साथ छाेडे, ट्रम्पलाई झन् सहज

  • अनलाइन डबली

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति एवं डेमोक्र्याट नेता बाराक ओबामाले आसन्न राष्ट्रपतिको चुनावमा जो बाइडेनले जित्न गाह्रो हुने बताएका छन् ।

‘द वाशिंगटन पोस्ट’ का अनुसार ओबामाले आफ्ना सहकर्मीहरुसँगको छलफलमा वर्तमान राष्ट्रपति बाइडेनले उम्मेदवारी त्याग्नु पर्नेमा जोड दिएका हुन् ।

जुन २८ मा राष्ट्रपतिको बहसमा डोनाल्ड ट्रम्पसँग बाइडेनको पछि परेपछि ओबामाले उनीसँग एकपटक मात्रै कुरा गरेका छन् । ओबामाले बाइडेनको उम्मेदवारीबारे पुनःविचार गर्नका लागि आवश्यक रहेको पनि बताएका छन् ।

ट्रम्पविरुद्धको बहस पछि पार्टीभित्रै बाइडेनलाई राष्ट्रपतिको होडबाट हटाउने माग बढ्दै गएको छ । अब यो सूचीमा सबैभन्दा शक्तिशाली डेमोक्रेट ओबामाको नाम पनि थपिएको छ, जहाँ उनी बाइडेनका सबैभन्दा ठूलो समर्थक भएका छन् । प्रतिनिधि सभाकी पूर्वसभामुख न्यान्सी पेलोसीले पनि बाइडेनले अब चुनावी मैदानबाट पछि हट्नुपर्ने बताइसकेकी छिन् ।

एपी, एनओआरसी सर्वेक्षणका अनुसार ६५प्रतिशत डेमोक्रेटिक मतदाता पनि बाइडेनको विपक्षमा छन् । केवल ३५ प्रतिशत डेमोक्र्याटहरू बाइडेनले चुनाव लड्न चाहन्छन् । ६७ प्रतिशत गोरा मतदाता बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिनुपर्नेमा जोड दिएका छन् ।

अमेरिकाको कुल ३३ करोड जनसंख्यामध्ये ६० प्रतिशत गोरा मतदाता छन् । पार्टी नेता र सहयोगीहरूको बढ्दो दबाबका कारण राष्ट्रपति बाइडेनले यस हप्ताको अन्त्यसम्ममा आफ्नो उम्मेदवारीबाट पुनर्विचार गर्ने सम्भावना  अमेरिकी समाचार वेबसाइट एक्सियोसले उल्लेख गरेको छ ।

उपराष्ट्रपति कमलादेवी ह्यारिस (५९) बाइडेनको स्थानमा राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीको अग्रपंक्तिमा उभिएकी छन् । राजनीतिक विश्लेषक टोनी एडमका अनुसार अब डेमोक्र्याटसँग कमलाको विकल्प छैन ।

कमला यसअघि अमेरिकी सर्वोच्च अदालतमा वकिल भइसकेका छन् । कमलाले आफ्नो कार्यकाल लो प्रोफाइल राखेर बिताइन् । जसका कारण प्रजातान्त्रिक पार्टीमा उनका विरोधी कम र समर्थक बढी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal