काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
अपराह्न ४ बजे बस्ने बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०) पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बैठकको शून्य र विशेष समयमा सांसदहरुले समसामयिक राष्ट्रिय विषयमा आ–आफ्नो धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ ।