आज :

भारतको जम्मु कश्मीरमा भिडन्त, पाँच सैनिकको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । भारतको जम्मु कश्मीरको कठुआमा भएको आतंकवादी हमलामा एक जूनियर कमिसन्ड अफिसर (जेसीओ) सहित पाँच सैनिकको मृत्यु भएको छ ।

आक्रमणमा परी घाइते भएका पाँच सैनिकलाई मिलिटरी अस्पतालमा रिफर पुर्याइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सुरक्षा बल लोहाई मल्हार ब्लकको मछेदी क्षेत्रको बडनोटामा खोजी गरिरहेको बेला आतङ्ककारीले हमला गरेको बताइएको छ ।

अत्याधुनिक हतियारले सुसज्जित आतंकवादीले सुरक्षा बलमाथि गोली चलाउन थालेपछि दोहोरो भिडन्त भएको थियो ।

कश्मीर टाइगर्स नामक आतंकवादी संगठनले सेनामाथि हमलाको जिम्मेवारी लिएको छ । यो संगठन प्रतिबन्धित पाकिस्तानी आतंकवादी संगठन जैश-ए-मोहम्मदको शाखा मानिन्छ ।

भारतीय सेनाले यस वर्षको अन्त्यसम्म जम्मू क्षेत्रबाट आतंकवादलाई समाप्त गर्ने योजना बनाएको छ। गृह मन्त्रालयमा हालै भएको बैठकपछि पुँछ, राजौरी, रियासी, कठुआमा सक्रिय ३० आतङ्ककारीको सूची बनाइएको छ । आतङ्ककारी र उनीहरूका सहयोगीहरूलाई निर्मूल पार्न शत्रु एजेन्ट ऐनलाई मूल स्वरूपमा लागू गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal