आज :

एमाले बागमती सरकारबाट बाहिरियो, मुख्यमन्त्री जम्कट्टेलले राजिनामा संसदकाे फेस गर्ने

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट आज बाहिरिएको छ ।

बागमती सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्।

बागमतिमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहेका छन् ।

११० सदस्यीय बागमती प्रदेशमा एमालेको सबैभन्दा बढी ३७ सिट छ भने एमालेको २७ सिट छ । त्यस्तै  माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट रहेको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेले समर्थन फिर्ता लिएपनि राजिनामा नदिने र संसदमा विश्वासकाे मत लिने बताइसकेका छन् ।

केन्द्रमा कांग्रेस-एमालेको नयाँ गठबन्धन बनाउने सहमतिपछि त्यसको असर प्रदेशमा देखिन शुरु भएको छ । जस अनुसार एमालेले लुम्बिनी र सुदूरपश्चिम सरकार छोडिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal