आज :

हार स्वीकार गर्दै ऋषि सुनकले भने- बेलायतका जनताले सम्मानजनक निर्णय गरे

  • अनलाइन डबली

काठमाडौँ । बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन् ।

उनले लेबर पार्टीका नेता कियर स्टारमरलाई विजयको लागि बधाई दिएका छन् । उनले भने, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ । हारको जिम्मेवारी लिन्छु । ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिटबाट भने जितेका छन् । सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ । मैले कियर स्टारमरलाई उनको जितमा बधाई दिएँ ।’

सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसदमा ३६४ सिट जित्यो र बोरिस जोनसन प्रधानमन्त्री बने । अघिल्लो पटकको तुलनामा ४७ सिट बढेको थियो । तर यसपटक अवस्था बिल्कुल उल्टो छ ।  बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ ।

अहिलेसम्म परिणाम अनुसार लेबर पार्टीले ३९२ सिट जितिसकेको छ । त्यस्तै कन्जरभेटिभले अहिलेसम्म ९९ सिटमा जित हासिल गरेको छ । जुन अघिल्लो निर्वाचनको तुलनामा २२० सिट कम हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal