आज :

रास्वपाका मन्त्रीहरुले आज राजीनामा दिने

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउन लागेका हुन् ।

सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

तर रास्वपाले कांग्रेस–एमाले गठबन्धन सरकारमा भने सहभागी नहुने निर्णय गरिसकेको छ । सरकारमा सहभागी अर्को दल एमालेले बुधबार नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाइसकेको छ ।

०००

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal