आज :

मध्यरात काँग्रेससँग सहमति गरेर ओली विहानै बालुवाटार किन पुगे ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

कांग्रेससँग गएराती राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेपछि ओली प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससँग भएको सहमतिको जानकारी गराउदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने बुझिएको छ ।

कांग्रेससँगको सहमति अनुसार आजै एमालेका मन्त्रीहरुले राजीनामा दिदै छन् र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गर्ने तयारी गरेको छ ।

एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संबिधान अनुसार प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिन सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal