आज :

प्राकृतिक विपत्तिमा परेर घाइतेहरुको निःशुल्क उपचार हुनुपर्छः सांसद सापकोटा

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले, प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाउन राज्यका सबै संयन्त्रहरुलाई प्रभावकारी ढगंले परिचालनका लागि आग्रह गरे ।

उनले भने,‘प्राकृतिक विपत्तिमा परेर घाइते सबै नेपाली नागरिकहरुका लागि निशुल्क उपचारको व्यवस्था मिलाइकन थप क्षतिहरु न्यूनीकरणका निमित्त राज्यका सबै संयन्त्रहरुलाई प्रभावकारी ढगंले परिचालनका निमित्त आग्रह गर्न चाहान्छु ।’ उनले शान्ति प्रक्रियाको काम अझैपनि टुङ्गो लाग्न नसकेको भन्दै चाँडो भन्दा चाँडो टुङ्ग्याउन माग गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal