आज :

अमेरिकासँग सम्झौतापछि जुलियन असान्ज रिहा

  • अनलाइन डबली

काठमाडौँ । विकिलिक्सका संस्थापक जुलियन असान्ज एक वर्ष लामो कानुनी लडाइपछि बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि जुलियन असान्ज रिहा भएका हुन् ।

५२ वर्षीय असान्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो। अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो ।

जुलियन असान्ज पछिल्लो ५ वर्षदेखि बेलायतको जेलमा थुनिएका थिए र उनी अमेरिकामा सुपुर्दगीको मुद्दामा आन्तरिक रूपमा लडिरहेका थिए । बिबिसीका अनुसार अब असान्जले अमेरिकामा कुनै पनि समय हिरासतमा बिताउने छैनन् । अदालतको पत्र अनुसार जुलियन अष्ट्रेलिया फर्किनेछन् ।

विकिलिक्सले सामाजिक सञ्जालमा भनेको छ- ‘जुलियन असान्ज स्वतन्त्र भएका छन् ।’

१९०१ दिनको कारावास पछि, उनी बेलायतको बेलमार्श जेलबाट बाहिर निस्कएका थिए । उनले लन्डन उच्च अदालतबाट जमानत पाए र बेलायत छोडेको स्टान्स्टेड एयरपोर्टमा रिहा भएका थिए ।

विकिलिक्सका अनुसार जुलियन असान्जको रिहाई विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयास हो । यसपछि मात्र अमेरिकासँग सम्झौता भएको थियो, यद्यपि विकिलिक्ससँग पनि यो सम्झौताको विस्तृत विवरण छैन ।

जुलियन असान्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका छन् । उनीहरुले अमेरिकासँग गरेको सम्झौताको जानकारी अहिलेसम्म बाहिर आएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal