आज :

युक्रेनले प्रहार गरेको सयभन्दा बढी अमेरिकी ड्रोन रुसद्वारा आकाशमै नष्ट

  • अनलाइन डबली

काठमाडौँ । रुसले क्रिमिया र रुसका केही क्षेत्रमा युक्रेनले गरेको ठूलो आक्रमणलाई असफल बनाएको बताएको छ ।
युक्रेनले अमेरिकालगायत पश्चिमा देशहरुले दिएका सयभन्दा बढी ड्रोन र ६ वटा मानवरहित डुङ्गा रुसी सीमा क्षेत्रमा प्रहार गरेको थियो । उक्त हमलाको क्रममा प्रहार गरिएका सबै ड्रोन रुसी सेनाले एयर डिफेन्स सिस्टमार्फत नष्ट गरेको बताइएको छ ।
युक्रेनले सबैभन्दा ठूलो हमला दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा गरेको थियो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अनलाइन पोस्ट गरिएको भिडियोले क्षेत्रको येइस्कमा रहेको सैन्य एयर बेस नजिकै आगलागी देखाएको छ ।

क्रास्नोडार अधिकारीहरूले सैन्य अड्डा नजिकैका घटनाहरूबारे टिप्पणी गरेका छैनन् तर इल्स्की नजिकैको तेल रिफाइनरीको प्रशासनिक भवनहरूमा आगलागी भएको बताएका छन्।

अधिकारीहरुका अनुसार आगो निभाइएको छ भने घटनामा दुई जना घाइते भएका छन् । स्थानीय गभर्नरका अनुसार क्रास्नोडार सहरमा भग्नावशेषबाट खसेर एक जनाको मृत्यु भएको छ ।

युक्रेनले अमेरिका दिएको ड्रोनसहित ठूलो हमला गरेपनि लक्षित सफलता प्राप्त गर्न नसकेको रुसी अधिकारीले दाबी गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal