आज :

म मेरो छोरालाई दिएको सजाय माफ गर्दिन- बाइडेन

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक मुद्दामा आफ्ना छोरा हन्टर बाइडेनलाई दिएको सजाय माफी नगर्ने बताएका छन् ।

बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको छ । गत हप्ता संघीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बिडेनले पहिलो पटक यस मुद्दामा टिप्पणी गरेका छन् ।

उनले हन्टरप्रति गर्व गरेको बताउदै उनी लागुऔषधको बानीबाट मुक्त भइसकेको तथा अहिले धेरै विनम्र र प्रतिभाशाली व्यक्ति भएको बताएका छन् ।

जी ७ सम्मेलनमा भाग लिन इटाली पुगेका बाइडेनलाई पत्रकारहरूले हन्टरको सजाय घटाउन कदम चाल्नुहुन्छ भन्ने प्रश्न सोधेका थिए । यसबारे बाइडेनले भने, ‘म यस विषयमा स्पष्ट छु कि म यसबारे केही गर्ने छैन । मैले निर्णायकको निर्णय स्वीकार गर्छु । म यसमा खडा छु र म हन्टरलाई माफ गर्ने छैन ।’

हन्टर बाइडेनलाई लागुऔषधको नशा र बन्दुक राख्ने तीनवटा मुद्दामा दोषी ठहर गरिएको छ । आफ्नो छोरालाई दोषी ठहराउनु अघि नै, बाइडेनले अदालतको सजाय नघटाउने बताएका थिए र उनले फेरि एकपटक सोहि कुरा दोहोर्याएका छन् ।

अमेरिकामा राष्ट्रपतिलाई अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिको सजाय माफी दिने वा घटाउने वा परिमार्जन गर्ने अधिकार रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal