आज :

प्रधानमन्त्रीमा शपथ खाएलगत्तै मोदी चीनविरुद्ध उत्रिए, तिब्बतका ३० ठाउको नाम परिवर्तन गर्ने तयारी

  • अनलाइन डबली

काठमाडौँ । भारतको लोकसभा चुनावमा एनडीएको जितपछि विदेशमन्त्री एस जयशंकरले पदभार सम्हाल्ने बित्तिकै चीनविरुद्ध ठूलो कदम चालेका छन् ।

द डिप्लोमेटको रिपोर्टका अनुसार भारतले अब चीनलाई टक्कर दिन तिब्बतका ३० भन्दा बढी ठाउँको नाम परिवर्तन गर्न लागेको छ ।

भारतीय सेनाले चाँडै नै स्थानहरूको सूची सहित चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) को नयाँ नक्सा जारी गर्ने तयारी गरेको छ । चीनले गत अप्रिलमा अरुणाचल प्रदेशका ३० ठाउँको नाम परिवर्तन गरेको थियो । चिनियाँ सरकारले यी क्षेत्रहरूलाई आफ्नो क्षेत्र दाबी गर्दै आएको छ । चीन को यो कारबाहीको जवाफ दिन भारत सरकारले यो निर्णय गरेको हो ।

भारतीय भाषामा पुराना नामहरूमा आधारित नाम परिवर्तन

तिब्बतका क्षेत्रहरूको नाम परिवर्तन गर्न धेरै अनुसन्धान गरिएको थियो । भारतीय भाषामा पुरानो नामको आधारमा यी ठाउँहरूको नयाँ नाम राखिएको छ । भारतीय सेनाको सूचना युद्ध डिभिजनलाई क्षेत्रहरूको नाम परिवर्तन गर्ने जिम्मा दिइएको थियो । यो त्यही डिभिजन हो जसले गहिरो अनुसन्धानपछि चीनले अघि सारेको अरुणाचल प्रदेशका नयाँ नामलाई पनि अस्वीकार गर्छ ।

जानकारी अनुसार तिब्बतको नयाँ नामको सूची छिट्टै सार्वजनिक गरिने छ । रिपोर्टमा भनिएको छ, पछिल्ला केही हप्तामा भारतीय सेनाले अरुणाचल प्रदेशका ती क्षेत्रहरूको पनि भ्रमण गरेको थियो जसलाई चीनले आफ्नो दाबी गर्दै आएको छ ।

अप्रिल १ मा चीनले अरुणाचल प्रदेशका ३० स्थानको नाम परिवर्तन गरेर आफ्नो हिस्सा घोषणा गरेको थियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार यसमा ११ आवासीय क्षेत्र, १२ पहाड, ४ नदी, एउटा पोखरी र पहाडबाट निस्कने बाटो समावेश छ । यद्यपी यी ठाउँको नाम के हो भन्नेबारेमा केही जानकारी दिइएको छैन । यी नामहरू चिनियाँ, तिब्बती र रोमन भाषाहरूमा जारी गरिएका थिए ।

विगत ७ वर्षमा चीनले अरुणाचलका ठाउँहरूको नाम परिवर्तन गर्दा ४ पटक यस्तो भएको थियो। चीनले अप्रिल २०२३ मा आफ्नो नक्सामा अरुणाचलका ११ स्थानको नाम परिवर्तन गरेको थियो । यसअघि चीनले २०२१ मा १५ स्थान र २०१७ मा ६ स्थानको नाम परिवर्तन गरेको थियो।

अरुणाचलमा बढ्दो चिनियाँ हस्तक्षेप र यहाँका ठाउँहरूको नाम परिवर्तनमा भारतको अडान स्पष्ट छ । भारतले अरुणाचललाई आफ्नो हिस्सा मान्छ ।

अप्रिल २०२३ मा विदेश मन्त्रालयले भनेको थियो– हामीले यसअघि पनि चीनको यस्तो कार्यको रिपोर्ट पाएका छौं । हामी यी नयाँ नामहरूलाई ठाडै अस्वीकार गर्छौं । अरुणाचल प्रदेश भारतको हिस्सा थियो, छ र रहनेछ । यसरी नाम परिवर्तन गर्दा यथार्थ परिवर्तन हुदैन ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal