आज :

केन्द्रीय मानन्धरद्वारा संचालित एकदिने स्वास्थ्य शिविर सम्पन्न

  • अनलाइन डबली

रामेछाप । केन्द्रीय मानन्धर संघले रामेछापको सुनापति गाउँपालिका वडा नं. ५ को श्री मानन्धर सेवा समाजसँग समन्वय गरेर एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । राजधानी काठमाडौंबाट करिव ३ घण्टाको दूरीमा रहेको खनियापानी स्वास्थ्य चौकीमा स्त्रीरोग, दाँत, आँखा, जनरल फिजिसियन तथा फिजियो थेरापी सेवा संलग्न गरी शिविर सञ्चालन गरेको थियो ।

स्वास्थ्य शिविरलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले ग्रामिण भेगमा भौगोलिक असहजताको कारणले अपेक्षित सेवा     दिन असमर्थ रहेको स्वीकारे । हुनपनि पालिकाभर रगत, छाला, आँखा, दाँत आदिको ल्याब परीक्षण हुँदैन । ससानो स्वास्थ्य समस्याको लागि स्थानियबासी दुई घण्टाको बस यात्रा तय गरेर काभ्रेको धुलिखेल अस्पताल पुग्न बाध्य छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैदिन ३९६ पालिकामा आधारभूत अस्पतालको शिलान्यास गरेका थिए । तर शिलान्यास भएको अस्पताल सुनापति गाउँपालिकामा बनिसकेको छैन । अस्पतालको भौतिक संरचना शिलान्यास भएर पनि अपेक्षित काम नहँुदा सुनापतिका स्थानियबासी असन्तुष्टि व्यक्त गर्छन् ।

रामेछापको सुनापति गाउँपालिका राजधानीबाट नजिकै रहेपनि विकास निर्माण तथा भौतिक सुविधाको दृष्टिले दुर्गम पालिका हो । पालिकामा स्वास्थ्य सेवा दिन तथा स्वास्थ्य सम्बन्धिको जनचेतना जागृत गर्नको लागि संघले एकदिने शिविर सञ्चालन गरेको कार्यक्रमका संयोजक गजेन्द्र प्रसाद मानन्धरले जनाए । काठमाडौं महानगरपालिकाको लागत साझेदारीमा सम्पन्न भएको स्वास्थ्य शिविरलाई संघ अन्तर्गत युवा उपसमिति र स्वास्थ्य उपसमितिले संयोजन गरेको थियो । शिविरमा सहभागी भएका लाभग्राहीहरुले दुई घण्टा हिंडेरै पनि स्वास्थ्य चेकजाँच गराएको श्री मानन्धर सेवा समाजमा अध्यक्ष चक्र बहादुर मानन्धरले जनाए ।

शिविरमा ४५४ जना बिरामीहरुले नाम दर्ता गराएर सेवा लिएको उहाँले जनाए । अधिकांस सेवाग्राही बिरामी मध्ये एकैजनाले आँखा, दाँत तथा जनरल फिजिसियन सेवा लिएका थिए । बिहान ८ बजेदेखि नाम दर्ता सुरु गरिएको शिविर बेलुकी ७ बजे सकिएको थियो । स्वास्थ्य शिविर कार्यक्रममा सुनापति गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङ, सुनापति गाउँपालिकाका उपाध्यक्ष गिता विष्ट, सुनापति गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष चित्र बहादुर मानन्धर तथा गाउँपालिकाका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

शिविरको लागि काठमाडौंदेखि तीनदिने स्वास्थ्य शिविर भ्रमणमा जाने टोलीको सुचीः
१) मनोज कुमार मानन्धर- निवर्तमान सभापति, केन्द्रीय मानन्धर संघ ।
२) गोपाल कृष्ण मानन्धर- पूर्व सभापति, केन्द्रीय मानन्धर संघ ।
३) गजेन्द्र मान मानन्धर- सचिव, केन्द्रीय मानन्धर संघ ।
४) राजेन्द्र मानन्धर- कोषाध्यक्ष, केन्द्रीय मानन्धर संघ ।
५) कृष्ण बहादुर मानन्धर- सहायक सचिव, केन्द्रीय मानन्धर संघ ।
६) तुलसीकाजी मानन्धर- सहायक सचिव, केन्द्रीय मानन्धर संघ ।
७) प्रकाश बहादुर मानन्धर- सहायक कोषाध्यक्ष, केन्द्रीय मानन्धर संघ ।
८) गजेन्द्र प्रसाद मानन्धर- संयोजक युवा उपसमिति, केन्द्रीय मानन्धर संघ ।
९) किरण कुमार मानन्धर- सदस्य, केन्द्रीय मानन्धर संघ ।
१०) सुशीला मानन्धर- सदस्य, केन्द्रीय मानन्धर संघ ।
११) कृष्ण काजी मानन्धर- संयोजक, सञ्चार उपसमिति केन्द्रीय मानन्धर संघ ।
१२) राजु मानन्धर- सदस्य, सञ्चार उपसमिति केन्द्रीय मानन्धर संघ ।
१३) विश्वराम मानन्धर- सदस्य, युवा उपसमिति केन्द्रीय मानन्धर संघ ।
१४) नलिनी मानन्धर- सदस्य, महिला विकास उपसमिति केन्द्रीय मानन्धर संघ ।
१५) हनी मानन्धर- सदस्य, महिला विकास उपसमिति केन्द्रीय मानन्धर संघ ।
१६) रमिला मानन्धर- सदस्य, महिला विकास उपसमिति केन्द्रीय मानन्धर संघ ।
१७) मन्जु मानन्धर- सदस्य, महिला विकास उपसमिति केन्द्रीय मानन्धर संघ ।
१८) रचना मानन्धर- सदस्य, महिला विकास उपसमिति केन्द्रीय मानन्धर संघ ।
१९) सुरेश श्रेष्ठ- क्यामेरा पर्सन तथा सञ्चारकर्मी ।

प्राविधिक टोलीको सुची:

१) डा. सन्तोष मानन्धर, कन्सल्टेन्ट फिजिसियन ।
२) डा. मिना प्रधान, स्त्रीरोग विशेषज्ञ ।
३) डा. आशिस राज पन्त, आँखा रोग विशेषज्ञ ।
४) डा. उपमा कार्की, डेन्टल सर्जन ।
५) हर्सिता थापा, अप्टोमेट्रिस्ट ।
६) प्रतिमा घिसिङ,अप्टोमेट्रिस्ट ।

७) ईमी श्रेष्ठ मानन्धर, डेन्टल असिस्टेन्ट ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal