आज :

ऋषेश्वर सामुदायीक वन फडानी प्रकरणः गृह मन्त्रालयको निर्देशनपछि प्रहरी पुग्यो

  • अनलाइन डबली

काठमाडौँ । कर्मचारीसँगको मिलेमतोमा जथाभावी फडानी भइरहेको कमवानपुरको ऋषेश्वर सामुदायीक वनमा प्रहरीको टोली पुगेको छ । बकैया गाउँपालिकास्थित उक्त वन समितिका पदाधिकारी नै अवैध फडानीमा संलग्न भएको भन्दै स्थानीयले सरोकार निकायमा उजुरी गरेका थिए ।

स्थानीयको चर्को विरोधपछि गृहमन्त्रालयले प्रदेश प्रहरी कार्यालय हेटौंडालाई दिएको निर्देशनपछि प्रहरी फडानी भएको भनिएको क्षेत्रमा पुगेका स्थानीयले बताएका छन् । फापरबारी इलाका प्रहरी चौकीको टोलीले स्थलगत रिपोर्ट जिल्लालाई पठाउने बताइएको छ ।

यसअघि वन समितिका पदाधिकारीसहित गाउँले हतियार राखेर वन तस्करी भइरहेको भन्ने गाउँलेको उजुरीका आधारमा प्रहरी बकैया क्षेत्रमा पुगेको थियो । तर, प्रहरी आउने पहिलै सूचना पाएका कारण घरघरमा राखेका हतियार वनमा लुकाइएको स्थानीयले बताएका छन् ।

यसअघि उक्त वन समितिका अध्यक्ष नरबहादुर बास्कोटासहित वर्तमान र पूर्व पदाधिकारीसँगै स्थानीय जनप्रतिनिधिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उजुरीमा २०६६ सालदेखि हालसम्म वनका कर्मचारीसँगको मिलेमतोमा समितिका पदाधिकारीहरुले आफ्नो स्वार्थ पूरा गर्न अवैधरुपमा वन फडानी गरिरहेको उल्लेख छ ।

उजुरीमा मानबहादुर मोक्तान (२०६६ सालको उपभोक्ता वन समिति अध्यक्ष, आइतमान जिम्बा (२०७७/०७८ सालका अध्यक्ष), नरबहादुर बास्कोटा (हालका अध्यक्ष), दुर्गाबहादुर स्याङ्तान (सचिव), कुन्साङ मोक्तान (श्रीमति समिति सदस्य) र तोकबहादुर स्याङ्तान (ठेकेदार) र जनप्रतिनिधि (वडा सदस्य) गणेश लामामाथि छानविन गरी कारवाहीको माग गरिएको छ ।

अध्यक्ष बास्कोटाले वन डिभिजन कार्यालयबाट ल्याएको कटानी सहमतिभन्दा धेरै काठ काट्दै आएको उजुरीमा उल्लेख छ । काठ तस्करसँगै काठमाडौँबाट भाडाका गुण्डाहरु लिएर स्थानीयलाई गाउँ प्रवेशमा रोक लगाएर कटानी गरिरहेको स्थानीयले बताएका छन् ।

अवैध फडानीको प्रमाण नष्ट गर्न समितिका पदाधिकारीले नै वनमा डढेलो लगाएको आरोप पनि स्थानीयले लगाएका थिए । बाहिरबाट भाडामा लिएका गुण्डाहरुको आडमा अवैध वन फडानी गरेर तस्करी भइरहेको भन्दै स्थानीयले लामो समयदेखि विरोध गर्दै आइरहेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal