काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले संघीय संसदका संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।
मन्त्री पुनले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सार्वजनिक कार्यालयहरुले नेपाली गलैचा खरिद गर्नुपर्ने व्यवस्था गरिने बताएका छन् ।
त्यसैगरी लामो समयदेखि माग भइरहेको घरेली मदिरालाई ब्राण्डिङ गर्ने पनि अर्थमन्त्रीले बजेट भाषणमा उल्लेख गरेका छन् । त्यसको लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने समेत बताए ।
अब नेपाललाई बिवाह गन्तव्य बनाइने भएको छ । अर्थमन्त्री पुनले विदेशबाट नेपालमा विवाह गर्न आउने वातावरण बनाउने समेत बताए ।