आज :

माओवादीको प्रवक्ता महेश गिरफ्तार, रिहा नगरे प्रतिरोध गर्ने महासचिव महावीरको चेतवानी

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी) ले प्रवक्ता विश्वनाथ थारु ‘महेश’ को गिरफ्तारीको विरोध गर्दै रिहाईको माग गरेको छ ।

पार्टीका महासचिव महावीरले शनिबार विज्ञप्ति जारी गरेर प्रवक्ता महेशलाई चितवन प्रहरीले शुक्रबार अपहरणशैलीमा गिरफ्तार गरेको भन्दै भत्सर्ना समेत गरेका छन् । उनले चितवनको भरतपुर महानगरपालिका वडा–२५ स्थित रोसी राष्ट्रिय विद्यालयका व्यवस्थापन समितिको बैठक उपस्थिति भएको बेल गिरफ्तार गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

महासचिव महावीरले दलाल संसदीय सत्तालाई ध्वंस गर्दै वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनार्थ सम्झौताहिन संघर्षबाट आत्तिएर प्रवक्ता महेशलाई प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको बताएका छन् ।

“हाम्रो पार्टी नेकपा (माओवादी) दलाल संसदीय सत्तालाई ध्वंस गर्दै वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापनार्थ सम्झौताहिन संघर्षमा जुटिरहेको सबैलाई ज्ञातै छ । यो संघर्षद्वारा आत्तिएका सत्ताधारीहरुले विभिन्न जिम्मेवारीमा रहने कमरेडहरुको गिरफ्तारी, झुटा मुद्दा, यातना दिँदै आइरहेका छन् । यसको अर्को निरन्तरता जेठ ११ गते भरतपुर महानगरपालिका वडा नं. २५ को रोसी राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हाम्रा पार्टीका प्रवक्ता विश्वनाथ थारु ‘महेश’ विद्यालय व्यवस्थापन समितिको बैठक बसिरहेको अवस्थामा चितवन प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको छ । यो गिरफ्तारी षड्यन्त्रपूर्वक झुटा मुद्दा लगाउने तयारी हो” महावीरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी विज्ञप्तिमा महेशलाई विना सर्त निहाई नगरे प्रतिरोध संघर्षको विकल्प नहुने भन्दै त्यसबाट उत्पन्न परिणामको जिम्मा सरकारले लिनुपर्ने चेतावनी महासचिव महावीरले दिएका छन् ।

विज्ञप्तिः

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal