आज :

नेपाल कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी’ संक्रमण पुष्टि, दिर्घरोगी र वृद्धवृद्धा बढी खतरा

  • अनलाइन डबली

काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी’ संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरसको भेरियन्ट ‘ओमिक्रोन’ को नयाँ सब–भेरियन्ट ‘केपी–१’, ‘केपी–२’, ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको हो ।

प्रयोगशालामा ४० जनाको नमुना परीक्षण गर्दा ‘केपी–१’ १२ जनामा र ‘केपी–२’ १७ जनामा पुष्टि भएको छ । प्रयोगशालाका सूचना अधिकारी कृष्ण प्रसाद जैशीका अनुसार १–१ जनामा ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको छ । ४० जनामा गरिएको नमुना परीक्षणमा ‘जिएन १’ ७ जनामा र र ‘बिए २’ २ जनामा पुष्टि भएको पनि ले जनाएका छन् ।

र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० जनामा नमुनाको ‘जिन सिक्वेन्सिङ’ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी १ र केपी २’ पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

यो नयाँ भेरियन्टले दिर्घरोगी र वृद्धावृद्धलाई बढी संक्रमण हुने बताएको छ । संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले दिर्घरोगी र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउन सुझाव दिए । उनले कडा छैन भनेर हेलचक्राई गर्न नहुने बताए ।

यो भेरियन्टले बाहिरी मुलुकमा खासै असर गरेको नदेखिएको विज्ञहरुले बताएका छन् । यो भेरियन्ट सिंगापुर र चाइनामा व्यापक फैलिएको र त्यसले कडा रुपमा संक्रमण नभएको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ओमिक्रोनका सब–भेरियन्टहरु पनि सामान्य हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal