आज :

पुटिनले इरानी राष्ट्रपति इब्राहिमसँग भने– सयंमता अपनाउनु, आइपरे साथ दिन्छौं

  • अनलाइन डबली

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति इब्राहिम रायसीबिच फोन बार्ता भएको छ ।

सिरियास्थित बाणिज्य दुतावासमा इजरायलले गरेको हमलाको प्रतिबाद गर्दै इरानले जवाफी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको केही दिनमा रूसी राष्ट्रपतिले फोन बार्ता गरेका हुन् ।

राष्ट्रपति पुटिनले इरानी राष्ट्रपति इब्राहिमसँगको फोन बार्ताको क्रममा इजरायसँगको विषयमा सयंमता अपनाउन आग्रह गर्दै आइपरे साथ दिने बचन दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

दुवै नेताले अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा इरानी वाणिज्य दूतावासमा इजरायली आक्रमण पछि क्रेमलिनले इरानले उठाएका प्रतिशोधात्मक उपायका बारेमा छलफल गरेको अल जजिराले जनाएको छ ।

पुटिनले सबै पक्षहरूलाई नयाँ द्वन्द्व सुरु गर्ने कार्यबाट टाढा रहन आग्रह गरेका छन । जुन सम्भावित युद्दले मध्य पूर्वको लागि विनाशकारी परिणाम ल्याउनेछ, क्रेमलिनले भनेको छ ।

इरानले दमास्कसमा इजरायली हमलाको जवाफमा शनिबार इजरायलमा सयौं ड्रोन र मिसाइलहरू प्रहार गरेर प्रतिक्रिया दिएको हो । इजरायली हमलामा  दुई जनरलसहित इस्लामिक क्रान्तिकारी गार्ड कोरका सात अधिकारीहरूलाई मारिएका थिए ।

पुटिनले इरानको आक्रमणको बारेमा आफ्नो पहिलो सार्वजनिक रूपमा प्रसारित टिप्पणीमा भने, ‘मध्यपूर्वमा वर्तमान अस्थिरताको मूल कारण इजरायल–प्यालेस्टाइनको निरन्तर संघर्ष हो।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal