आज :

इरानको चेतावनीसँगै पछि हट्यो अमेरिका, इजरायल-इरान युद्ध टर्यो

  • अनलाइन डबली

काठमाडौँ । इरानले एकैपटक २ सयभन्दा धेरै मिसाइल, ड्रोनबाट इजरायलमाथि हमला गर्यो । यसले इरान र इजरायलबीच युद्ध हुन्छ भन्ने विश्लेषण गरिएको थियो । तर, इजरायलले तत्काल कुनै जवाफ कारवाही नगर्ने संकेत गरेसँगै तत्काल युद्ध टरेको छ ।

इरानले सिरियामा रहेको आफ्नो कुटनीतिक नियोगमाथि इजरायलले गरेको हमलाको बदलामा हमला गरेको बताउँदै जवाफ फर्काए अकल्पनिय हमला गर्ने चेतावनी दिएको थियो । इरान र इजरायलबीचको दुश्मनी लामो भएपनि इरानले आफ्नो भूमिबाट सिधै हमला पहिलो पटक गरेको थियो ।

इरानी सेनाका प्रमुख मेजर जेनरल मोहम्मद बघेरीले आफ्नो अप्रेसन सकिएको र थप हमला नगर्ने तर इजरायले प्रतिक्रिया जनाएको खण्डमा अझ ठूलो कारवाही गर्ने चेतावनी दिएका थिए । उनले जवाफी कारवाहीको लागि आफूहरु तयार रहेको बताएका थिए ।

इजरायललाई साथ दिए अमेरिकामाथि हमला गर्ने इरानले चेतावनी दिएको छ । हमलालाई रोक्न इजरायललाई सहयोग गरेको अमेरिकी राष्ट्रपति जो बाइडनले जनाएलगत्तै इरानले थप सहयोग गरे अमेरिकी सैन्य क्याम्पमाथि हमला गर्ने इरानले चेतावनी दिएको थियो ।

इरानको चेतावनीपछि राष्ट्रपति बाइडनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई फोन गरेर इरानमाथि हमला गर्न सहयोग नगर्ने जानकारी गराएका थिए । बाइडनको यही फोनले नै इजरायललाई जवाफ फर्काउन झट्का लगयो ।

हमाससँगको लडाइँमा त अमेरिकाको साथ र सहयोगको अपेक्षा गर्ने इजरायलले बाइडनले यस्तो बताएपछि इरानमाथि जवाफी हमला गर्ने हिम्मत गर्न सकेन । उसले यथोचित समयमा मूल्य चुक्ता गर्ने बतायो । तर, जवाफी कारवाही गर्ने हिम्मत गरेन ।

संयुक्त राष्ट्रसङ्घस्थित इरानी प्रतिनिधिमण्डलले राष्ट्रसङ्घीय बडापत्रको आत्मरक्षासम्बन्धी धारा ५१ मा उल्लिखित प्रावधानलाई उद्धृत इजरेलमा शृङ्खलाबद्ध हमला गरेपछि यो विषय टुङ्गिएको जनाएको थियो । इरानले इजरेललाई फेरि अर्को गल्ती नगर्न चेतावनी दिएको छ ।

इरानको चेतावनीपछि अमेरिका पछि हट्नु र इजरायलले जवाफ फर्काउने हिम्मत नगरेसँगै सम्भावित युद्धको खतरा तत्काललाई टरेको विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal