आज :

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद अधिवेशन अन्त्यबारे धारणा बनाउने

  • अनलाइन डबली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक अहिले केहीबेरमा बस्दैछ । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्न आवाज उठाइरहेका बेला सरकारले संसद्को चालु अधिवेशन नै अन्त्य गर्न सिफारिस गरेपछि विकसित राजनीतिक घटनाक्रमबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले दलको बैठक बोलाएका हुन् ।

दलको बैठकअघि संसदीय दल कार्यसमितिको बैठक बस्दैछ । विहान ८ बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक बस्ने र त्योभन्दाअघि संसदीय दल कार्यसमितिको बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेसले सहकारी ठगी प्रकरणको छानविनका नाममा संसद् अवरुद्ध पारेको भन्दै सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal