आज :

स्वास्थ्य नीति निर्माणमा अनुसन्धानको भूमिका महत्वपूर्णः स्वास्थ्यमन्त्री यादव

  • अनलाइन डबली

काठमाडौं । नेपाल स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ राष्ट्रिय शिखर सम्मेलन आजबाट शुरु भएको छ ।

सम्मेलनमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न स्वास्थ्य अनुसन्धानको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

‘स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न अनुसन्धानको महत्वपूर्ण भूमिका रहेको छ । स्वास्थ्य अनुसन्धानकै महत्वपूर्ण तथ्य प्रमाणका आधारमा स्वास्थ्य चुनौतीहरुको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्त गर्न हाम्रा प्रयासहरुलाई मार्गदर्शन गर्दछ,’ मन्त्री यादवले भने ।

बुधबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहमा आयोजित नेपाल स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ राष्ट्रिय शिखर सम्मेलनमा स्वास्थ्यमन्त्री यादवले खोज अनुसन्धानबाटै महत्वपूर्ण तथ्य प्रमाण आउने बताए । उनले खोजमा आधारित तथ्य र अनुसन्धानले नै दिगो विकास लक्ष्यको मूल सिद्धान्त अनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान चुनौति र असमानताहरुलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

स्वास्थ्य अनुसन्धानले उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रवृति र समस्याहरूको पहिचान गरी समयमै सम्भावित चुनौतिको सामना गर्ने विकल्पहरू आंकलन गर्न समेत सहयोग पुग्ने यादवले बताए ।

स्वास्थ्य क्षेत्रको विकास बिना समृद्धि, समाजवाद र विकासको कल्पना गर्न नसकिने धारणा राखेका उनले स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलनले महत्वपूर्ण निणर्य र कार्ययोजना बनाउने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रो.डा. घननाथ बरालले मानव स्वास्थ्य र समाज स्वास्थ्यमा हुने अनुसन्धान सबैको लागि भएको उल्लेख गर्दै शिखर सम्मेलनबाट स्वास्थ्य क्षेत्रका लागि आवश्यक कामका लागि सहयोग पुग्ने बताए ।

सम्मेलनमा विभिन्न देशबाट आएका अनुसन्धानकर्ता, स्वास्थ्य विज्ञहरु तथा स्वास्थ्य वैज्ञानिकहरुको सहभागीता रहेको छ । बुधबारदेखि काठमाडौंमा शुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal